क्याटरीना र विक्कीको बिहे: कडा सुरक्षाबीच क्याटरीनाको बिहेको भिडियो भाइरल « Khabarhub

क्याटरीना र विक्कीको बिहे: कडा सुरक्षाबीच क्याटरीनाको बिहेको भिडियो भाइरल


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री क्याटरीना कैफ र विक्की कौशलको बिहे यतिबेला बलिउडभर छाएको छ । नेपालमा रहेका उनका फ्यानहरुले पनि यो बिहेलाई चासोका साथ हेरेका छन् ।

यी दुईले भोलि अर्थात् डिसेम्बर ९ मा बिहे गर्दैछन् । यो जोडीको बिहेबारे खबरहरु फैलिरहेका छन् ।

बिहेसँग जोडिएका भिडियो या फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यसैबीच क्याटरीनाको बिहेको तयारीको एक भिडियो सार्वजनिक भएको छ । जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोमा जया बच्चन र अमिताभ बच्चनलाई पनि देख्न सकिन्छ ।

भिडियोमा क्याटरीना कुनै अप्सराभन्दा कम देखिएकी छैनिन् । उनले गुलाबी रंगको लेहेंगा लगाएकी छिन् । साथै उनी श्रृङ्गारमा पनि सजिएकी छिन् । भिडियोमा उनी दुलाहाको हात समाउँदै आउँछिन् तर भिडियोमा जो दुलाहा देखिएका छन् उनी विक्की होइनन् भनेर पनि कतिले आँकलन गरेका छन् ।

सामाजिक सञ्जालमा दर्शकले भनिरहेका छन् कि, यो भिडियो बिहेको भिडियो होइन । यो कुनै शूटिङको भिडियो हो ।

कतिले भने यसलाई एक विज्ञापनको भिडियो पनि भएको भनिरहेका छन् । यद्यपि सामाजिक सञ्जालमा क्याटरिनाको यो भिडियो सामाजिक सञ्जालमा भने खुबै रुचाइएको छ ।

 

View this post on Instagram

 

A post shared by B O L L Y W O O D (@filmystan123)

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : ३६ बजे

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्