६ प्रदेशमा कांग्रेसको नयाँ नेतृत्व चयन आज, प्रदेश-२ मा महाधिवेशपछि « Khabarhub

६ प्रदेशमा कांग्रेसको नयाँ नेतृत्व चयन आज, प्रदेश-२ मा महाधिवेशपछि


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले आज प्रदेश-२ बाहेक ६ प्रदेशमा प्रदेशस्तरीय नयाँ नेतृत्व चयन गर्दैछ ।

शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता भइसकेकाले आज मतदान गर्ने कार्यतालिका छ । मुलुक संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रादेशिक संरचनाको कार्यसमिति बनाउन लागेको हो ।

प्रदेश-१ मा संस्थापन पक्ष र सिटौला पक्षको संयुक्त उम्मेदवार र  पौडेल समूहबीच प्रतिस्पर्धा हुँदैछ । संस्थापन र सिटौला पक्षबाट उद्धव थापा सभापतिका उम्मेदवार छन् भने उनलाई पौडेल पक्षका सभापतिका उम्मेदवार गुरूराज घिमिरेले चुनौती दिएका छन् ।

यस्तै बाग्मती प्रदेशमा त्रिपक्षीय भिडन्त हुँदैछ । बाग्मती प्रदेशमा संस्थापनबाट सभापतिमा इन्द्र बाँनिया उम्मेदवार बन्दा पौडेल पक्षबाट जगदिशनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन्।

गण्डकी प्रदेशमा संस्थापनबाट सभापतिमा अर्जुन जोशीले उम्मेदवारी दिएका छन् भने उनलाई इतर पक्षबाट शुक्रराज शर्माले चुनौती दिएका छन् ।

त्यस्तै लुम्बिनीमा प्रदेशमा संस्थापनबाट सभापतिमा भरतकुमार शाह र इतरबाट अमर पुनले उम्मेदवारी दिएका छन्।

कर्णाली प्रदेशमा संस्थापनबाट सभापतिमा ललितजंग शाहीले उम्मेदवारी दिएका छन् इतर पक्षबाट भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिएका छन् । यहाँ विमलेन्द्र निधी पक्षधरबाट मोतिराज बमले उम्मेदवारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा संस्थापन इतर पक्षबाट नारायण मिश्र उम्मेदवार बनेका छन् भने संस्थापनबाट वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा अधिवेशनको कार्यतालिका परिवर्तन गर्दै १६ गते उद्घाटन र १७ गतेका लागि मनोनयन दर्ता का साथै १८ गते मतदान गर्ने कार्यतालिका बनाइएको थियो।

प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुनेछ । कोषाध्यक्ष भने मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

प्रदेश-२ महाधिवेशनपछि मात्रै

प्रदेश दुईमा भने केन्द्रीय महाधिवेशन पछि मात्रै प्रदेशसभा अधिवेशन हुने छ ।

प्रदेशका केही जिल्लामा विवाद उत्पन्न भएपछि प्रदेश क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन्।

कांग्रेस महाधिवेशन काठमाडौँमा मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ४८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज