६ प्रदेशमा कांग्रेसको नयाँ नेतृत्व चयन आज, प्रदेश-२ मा महाधिवेशपछि « Khabarhub

६ प्रदेशमा कांग्रेसको नयाँ नेतृत्व चयन आज, प्रदेश-२ मा महाधिवेशपछि


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले आज प्रदेश-२ बाहेक ६ प्रदेशमा प्रदेशस्तरीय नयाँ नेतृत्व चयन गर्दैछ ।

शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता भइसकेकाले आज मतदान गर्ने कार्यतालिका छ । मुलुक संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रादेशिक संरचनाको कार्यसमिति बनाउन लागेको हो ।

प्रदेश-१ मा संस्थापन पक्ष र सिटौला पक्षको संयुक्त उम्मेदवार र  पौडेल समूहबीच प्रतिस्पर्धा हुँदैछ । संस्थापन र सिटौला पक्षबाट उद्धव थापा सभापतिका उम्मेदवार छन् भने उनलाई पौडेल पक्षका सभापतिका उम्मेदवार गुरूराज घिमिरेले चुनौती दिएका छन् ।

यस्तै बाग्मती प्रदेशमा त्रिपक्षीय भिडन्त हुँदैछ । बाग्मती प्रदेशमा संस्थापनबाट सभापतिमा इन्द्र बाँनिया उम्मेदवार बन्दा पौडेल पक्षबाट जगदिशनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन्।

गण्डकी प्रदेशमा संस्थापनबाट सभापतिमा अर्जुन जोशीले उम्मेदवारी दिएका छन् भने उनलाई इतर पक्षबाट शुक्रराज शर्माले चुनौती दिएका छन् ।

त्यस्तै लुम्बिनीमा प्रदेशमा संस्थापनबाट सभापतिमा भरतकुमार शाह र इतरबाट अमर पुनले उम्मेदवारी दिएका छन्।

कर्णाली प्रदेशमा संस्थापनबाट सभापतिमा ललितजंग शाहीले उम्मेदवारी दिएका छन् इतर पक्षबाट भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिएका छन् । यहाँ विमलेन्द्र निधी पक्षधरबाट मोतिराज बमले उम्मेदवारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा संस्थापन इतर पक्षबाट नारायण मिश्र उम्मेदवार बनेका छन् भने संस्थापनबाट वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा अधिवेशनको कार्यतालिका परिवर्तन गर्दै १६ गते उद्घाटन र १७ गतेका लागि मनोनयन दर्ता का साथै १८ गते मतदान गर्ने कार्यतालिका बनाइएको थियो।

प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुनेछ । कोषाध्यक्ष भने मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

प्रदेश-२ महाधिवेशनपछि मात्रै

प्रदेश दुईमा भने केन्द्रीय महाधिवेशन पछि मात्रै प्रदेशसभा अधिवेशन हुने छ ।

प्रदेशका केही जिल्लामा विवाद उत्पन्न भएपछि प्रदेश क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन्।

कांग्रेस महाधिवेशन काठमाडौँमा मंसिर २४ देखि २७ गतेसम्म हुँदैछ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ४८ बजे

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख