राजनीतिक व्यवस्था नसुध्रिकोमा पूर्वराष्ट्रपतिको चिन्ता « Khabarhub

राजनीतिक व्यवस्था नसुध्रिकोमा पूर्वराष्ट्रपतिको चिन्ता


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ स्थापना गरिएको छ ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासङ्घले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।

उक्त संस्थाको शुक्रबार राति पूर्वराष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गर्दै विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

‘जन्मभूमिलाई कसरी आर्थिकरुपमा समृद्धि बनाउने भन्ने युवामा सपना र भिजन रहेको छ, त्यसलाई साकार बनाउन उचित वातावरण बनाउन सरोकारवालाले सहयोग गर्न जरुरी छ’, उनले भने ।

पूर्वराष्ट्रपति यादवले नेपाल अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक विश्व पर्यटनका लागि आकर्षक गन्तव्य रहेको भन्दै देश घुम्ने र विश्वभरबाट पर्यटक नेपालमा भित्र्याउन पनि संस्थाले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

तराईको जङ्गल र चुरे क्षेत्र विनाश भइरहेको र विकासका नाममा डोजर लगाएर डाँडाकाँडा भत्काइएकोप्रति चिन्ता व्यक्त गर्दै उनले जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि पर्यावरण र चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

पूर्वराष्ट्रपति यादवले मुलुकको राजनीतिक स्थिरताका लागि पञ्चायत, लोकतन्त्र र गणतन्त्र हुँदै ७० वर्षभन्दा बढी सङ्घर्ष गरेर अहिलेको अवस्थामा आइपुगेको भए पनि अझै पनि देशको राजनीतिक व्यवस्था नसुध्रिएको र सुशासन प्रवर्द्धन हुन नसक्नु चिन्ताको विषय भएको टिप्पणी गरे ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कला र संस्कृति बनाउन संस्थागत लगानी आवश्यक रहेको भन्दै नेपाली चलचित्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगले विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र क्षेत्र लागि परेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले विदेशी युवा उद्यमीको माध्यमबाट लगानी र प्रविधि भित्र्याएर आर्थिक विकासमा सरिक गराइनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपनिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी दिराज शर्मा, पर्यटन व्यवसायी सुमन पान्डेलगायतले नेपालमा विदेशी लगानी भित्र्याउन महासङ्घले समन्वयकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

महासङ्घका अध्यक्ष स्वतन्त्रप्रताप साहले चीन, हङ्कङ, अमेरिका, बेलायत अष्ट्रेलियालगायत ११ मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आबद्धता गरिने जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ११ : २८ बजे

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १