सर्लाही–४ मा वडा अधिवेशन पनि हुन सकेन, देउवाले अलोकतान्त्रिक चरित्र देखाएको अमरेश सिंहको आरोप « Khabarhub

सर्लाही–४ मा वडा अधिवेशन पनि हुन सकेन, देउवाले अलोकतान्त्रिक चरित्र देखाएको अमरेश सिंहको आरोप


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठडमाडौँ– शनिबार देशका ६ वटा प्रदेशमा प्रदेश अधिवेशनको मतदान हुँदा सर्लाही–४ मा कांग्रेसको वडा अधिवेशन पनि हुन सकेको छैन । वडा अधिवेशनका क्रममा दुई दिन सर्लाही–४ मा गोलीसमेत चलेको थियो ।

त्यसपछि रोकिएको वडा अधिवेशन हुन नसकेको सो क्षेत्रका सांसदसमेत रहेका नेता अमरेश सिंहले बताए । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी प्रशासन लगाएर कब्जा गर्न खोजेको आरोपसमेत लगाए । उनले खबरहबसँग भने, ‘यो क्षेत्रलाई महाधिवेशनमा सहभागी नगराउने रणनीतिका साथ सभापति देउवाले अलोकतान्त्रिक चरित्र देखाउनु भएको छ । उहाँ पार्टी कब्जा गर्ने रणनीतिमा हुनुहन्छ।’

वडा अधिवेशन हुन नसकेपछि सो क्षेत्रमा प्रदेश क्षेत्र र संघीय क्षेत्रको अधिवेशन पनि हुन सकेको छैन । प्रदेश क्षेत्रीय अधिवेशनले प्रदेश अधिवेशन प्रतिनिधि र संघीय क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेस विधानमा प्रावधान छ । वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ । सबैभन्दा तल्लो तह वडाकै अधिवेशन हुन नसकेपछि यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुनेमा अन्योलता देखिएको छ ।

सर्लाही–४ मा क्रियाशील सदस्यताकै विषयलाई लिएर यसअघि पार्टी कार्यालय सानेपामा धर्नासमेत भएको थियो । तर, सभापति देउवा पेलेरै अगाडि बढेका छन् ।
त्यस्तै रौतहट ४ को क्षेत्रीय अधिवेशन सम्पन्न भएर मतपरिणम आइसक्दा पनि विजयी उम्मेदवारहरुलाई प्रमाण पत्र वितरण गरिएको छैन । सभापति देउवा पक्षले हारेपछि त्यहाँ पनि विवाद गरेर प्रमाणपत्र वितरण रोकिएको नेता सिंहले दाबी गरे ।
यस्तै सप्तरी–४ मा पनि क्षेत्रीय अधिवेशन सम्पन्न भए पनि विजयी उम्मेदवारले प्रमाण पत्र पाउन सकेका छैनन् ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ५ : ५६ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन