लुम्बिनी प्रदेश अधिवेशन : कसले जोगाउला विरासत, खाँण की गिरी ? | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश अधिवेशन : कसले जोगाउला विरासत, खाँण की गिरी ?


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाली कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन र नयाँ नेतृत्वमा दुई नेताहरूको विरासत जोडिएको छ । गृहमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री तथा केन्द्रीय सदस्य दीपक गिरी प्रदेश अधिवेशनमा आफ्नो विरासत जोगाउने प्रयासमा छन् । उम्मेदवारभन्दा पनि बढी निर्वाचनको राप यी दुईमा देखिएको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय मानिने खाँण र संस्थापन इतरका प्रिय मानिने गिरीले आफैले प्रदेशमा उम्मेदवार तयार गरेर चुनावी प्रतिस्पर्धामा लैजाँदा दुई नेता अहिले जुंगाको लडाइमा छन् । आफैले टिकट दिएका व्यक्तिलाई जिताएर लुम्बिनी प्रदेशको आफ्नो प्रभाव जमाई राख्ने र राजनीतिक विरासत जोगाउने प्रयास दुवैमा देखिएको छ ।

खाँण कांग्रेस राजनीतिमा रुपन्देहीबाट प्रतिनिधित्व गर्दछन् भने गिरी दाङबाट प्रतिनिधित्व गर्दछन् । संस्थापन पक्षले प्रदेशको उम्मेदवार छनोटदेखि चुनावी कमाण्डर समाल्न गृहमन्त्री खाँणलाई जिम्मा लिदएको छ । संस्थापन इतरले गिरीलाई आफ्नो पक्षको उम्मेदवारदेखि चुनावी कमाण्ड समाल्न खटाएको छ ।

दुवै नेताले आफू अनुकूललाई सभापतिदेखि सदस्यसम्मको उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धा गराएका छन् । आफ्नो पक्षलाई जिताएर आफ्नो राजनीतिक विरासत लुम्बिनीमा यथावत् राख्ने जोगाउने दाउमा दुवै नेतालाई चुनौती देखिएको छ । लुम्बिनीमा गिरी तत्कालीन राप्ती अञ्चलबाट प्रतिनिधित्व गराउने गरी रोल्पामा अमरसिंह पुनलाई सभापतिमा उभ्याएका छन् । भने खाणले रुपन्देहीका भरतबहादुर शाहलाई सभापतिमा उभ्याएका छन् । मतदाताहरूले दुई नेतामा कसको पल्ला भारी बनाइदिएका छन् त्यो भने आइतबारसम्ममा देखिने नै छ ।

जिल्लासम्मको अधिवेशनमा दुई नेताले आफ्नो प्रभाव जिल्लामा आफू अनुकूल देखाएका छन् । गिरीले पालिका, प्रदेश सभा र प्रतिनिधि समा तथा जिल्ला नेतृत्वमा आफ्नो पक्षकालाई दाङमा जिताएका छन् । नेतृत्वमा ल्याएका छन् । खाँणले पनि आफ्नो क्षेत्रमा सबै तहको नेतृत्व आफू अनुकूल नै बनाएका छन् । तर, प्रदेशमा कसले वाजी मार्छ त्यो भने हेर्न बाँकी छ ।

सभापतिका लागि संस्थापन पक्षबाट भरत कुमार शाह र संस्थापन इतरबाट अमरसिंह पुनः प्यानलसहित चुनावी मैदानमा छन् । लुम्बिनीमा एक हजार ६ सय ३१ मत खसेको छ । एक हजार ६ सय ४८ मतदाता रहेकोमा १७ जना अनुपस्थित रहेका छन् । निर्वाचनबाट कांग्रेसमा १ जना प्रदेश सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सहमहामन्त्री गरी ८ जना पदाधिकारी निर्वाचित हुने छन् । खुल्ला सदस्य १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुल्लामा ५ महिलासहित १७ जना निर्वाचित हुनेछन् ।

त्यस्तै खस आर्यतर्फ ४ महिलासहित ८ जना, आदिवासी जनजातिमा २ महिलासहित ५ जना, मधेसी कोटामा २ महिलासहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित २ जना र अल्पसंख्यक वा अपांङग मध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति निर्वाचित हुने छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : २० बजे

ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता समाप्त

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडासँग चलिरहेका सबै

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार : कोहली दुवै खेलमा फ्लप, गिल पनि कप्तानीमा असफल

नयाँदिल्ली- अस्ट्रेलिया भ्रमणमा पुगेको भारतीय टोलीले वान डे सिरिज गुमाइसकेको

जहाजबाट हेर्दा हाँसिरहेका हिमशृङ्खला (तस्बिरहरू)  

काठमाडौं– सफा मौसममा काठमाडौंदेखि धनगढीको यात्रा गर्नु भनेको केवल बाटो

प्रतापसँग भाइटीकापछि एलिना भन्छिन्- दाजुबहिनी हो भनेर पनि प्रमाणित गर्नुपर्ने हाम्रो समाज

काठमाडौं- गायिका एलिना चौहान र गायक प्रताप दासको सम्बन्धलाई लिएर

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वत– खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको