नेपाली कांग्रेस प्रदेश १ को मतदान सम्पन्न | Khabarhub Khabarhub

नेपाली कांग्रेस प्रदेश १ को मतदान सम्पन्न


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ । शनिबार भएको मतदानमा १८०४ मतदाता मध्ये १७५२ ले मतदान गरेका छन् ।

निर्वाचन समितिको कमजोरीका कारण ढिलोगरी मतदान सुरु भएको थियो । निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि विवाद हुँदा मतदान प्रक्रियामा ढिलाइ भएको हो ।

प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो । अर्को मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरूले नामछुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजेपछि मात्रै सुरु भएको थियो ।

खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका थिए । नाम छुटेका तीनै जनाले शुक्रबार मनोनयन दर्ता गराएका थिए ।

मतगणना भने आइतबार बिहान ८ बजेदेखि मात्रै सुरु गरिने निर्वाचन समितिले जनाएको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट उद्धव थापा र इतर समूहबाट गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : २० बजे

भारतको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु

नयाँ दिल्ली – पश्चिमी भारतको महाराष्ट्र राज्यको एक अस्त्र कारखाना

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं – पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ

कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन

मोरङ– कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज  प्रदेश प्रमुख परशुराम

कोशी प्रदेश सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष

अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र