ईश निन्दा गरेको भन्दै पाकिस्तानमा श्रीलंकाली नागरिकलाई जलाइयो « Khabarhub

ईश निन्दा गरेको भन्दै पाकिस्तानमा श्रीलंकाली नागरिकलाई जलाइयो


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– ईश निन्दा गरेको भन्दै पाकिस्तानमा एक श्रीलकाली नागरिकको हत्या गरिएको छ । शुक्रबार पाकिस्तानको सियालकोटमा एक फ्याक्ट्रीमा म्यानेजर पदमा कार्यररत श्रीलंकाली नागरिकलाई जलाएर हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सो फ्याक्ट्रीमा सुरुमा ती म्यानेजरले ईश निन्दा गरेको हल्ला फैलिएको र पछि आक्रोशित भीडले उनलाई कुटपिट गरी जलाएको बताइएको छ । सुरक्षाकर्मी भन्दा निकै ठूलो संख्यामा रहेको भीडले उनको हत्या गरेर आगो लगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पूर्णरुपमा जलेको खरानी लिएर प्रहरीहरु अस्पताल पुगेको बताइएको छ ।

यो घटनापछि प्रतिक्रिया दिँदै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानका लागि शुक्रबारको दिन कालो दिन भएको टिप्पणी गरेका छन् । उनले यो निकै दुःखदायी घटना भन्दै दोषीमाथि कारबाही गरिने बताएका छन् ।

पाकिस्तानमा धार्मिक कट्टरपन्थमाथि बहस सुरु भएको छ । उता श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले यो घटनामा दुःख व्यक्त गर्दै दोषीमाथि कारबाही हुने विश्वास व्यक्त गरेका छन् । एजेन्सी

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १० : १५ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले