संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन « Khabarhub

संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको नयाँ लहर फैलिएपछि बेलायतमा फेरि लकडाउन गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोनसोनले घरभित्रै रहेर लकडाउनको पालना गर्न आह्वान गरेका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसोनले सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि लकडाउन आवश्यक भएको बताए ।

अस्पताल, घरेलु हिंसा तथा अत्यावश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने उनले जानकारी दिए ।

नयाँ प्रकारको कोरोना भाइरससमेत देखा परेको बेलायतमा हवाई उडानहरु स्थगित भइसकेका छन् ।

लकडाउन घोषणा भए पनि स्कुल, कलेज र विश्वविद्यालय पनि बन्द नगरिने जोनसोनले जनाएका छन् ।

लकडाउन आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म कायम हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : ५० बजे

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

इरानसँग सम्भावित युद्धविरामका सर्त अझै अपर्याप्त : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित

विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट– बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर