संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन | Khabarhub Khabarhub

संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको नयाँ लहर फैलिएपछि बेलायतमा फेरि लकडाउन गरिएको छ ।

प्रधानमन्त्री बोरिस जोनसोनले घरभित्रै रहेर लकडाउनको पालना गर्न आह्वान गरेका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसोनले सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि लकडाउन आवश्यक भएको बताए ।

अस्पताल, घरेलु हिंसा तथा अत्यावश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने उनले जानकारी दिए ।

नयाँ प्रकारको कोरोना भाइरससमेत देखा परेको बेलायतमा हवाई उडानहरु स्थगित भइसकेका छन् ।

लकडाउन घोषणा भए पनि स्कुल, कलेज र विश्वविद्यालय पनि बन्द नगरिने जोनसोनले जनाएका छन् ।

लकडाउन आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म कायम हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : ५० बजे

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार