गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण « Khabarhub

गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लागेका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गरेका छन् । सेवाबाट अवकास हुनैलाग्दा उनले प्राप्त गरेको अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गरेका हुन्।

१८ वर्षसम्म रातदिन, झरीबादल केही नभनी संरक्षणमा जुटेका खड्काले घडियाल गोही संरक्षणको क्षेत्रमा उल्लेखनीय काम गरेका छन् । निकुञ्जको गोही प्रजनन केन्द्रमा मात्रै होइन, उनले नारायणी र राप्ती नदीमा रहेका गोहीको संरक्षणका लागि पनि त्यतिकै ठूलो परिश्रम गरेका छन् ।

त्यही अनुभवलाई तीनदिने तालिमको आयोजना गरेर उनले निकुञ्जका कर्मचारीलाई आफ्नो अनुभव प्रदान गरे । यससँगै आज उनी अनिवार्य अवकासबाट बिदा हुनेछन् ।

गोहीको पालनपोषण, नियन्त्रण, नदीमा छोड्ने विधिलगायतका विषयमा निकुञ्जका कर्मचारीलाई तालिम दिइएको हो । उनीहरुलाई खड्काले प्रशिक्षण दिएका छन् । खड्का निकुञ्जबाट बिदा भएसँगै त्यहाँका कर्मचारीलाई गोही संरक्षण गर्न सहज होस् भन्ने उद्देश्यले तालिम दिइएको हो ।

सो क्रममा घडीयाल गोहीलाई नदीमा छाड्नुअघि नियन्त्रणमा लिने तरिका, गोहीको नापजाँच, चिह्नसँगै छोड्ने विधि प्रत्यक्षरूपमा सिकाइएको थियो । खड्काका अनुसार तालिममा गोही प्रजनन केन्द्रका ११ गोही नियन्त्रणमा लिएर राप्ती नदीमा छाडिएको छ ।

सहभागीलाई गोही नियन्त्रणमा लिएर नदीमा छाड्नेसम्मका विधि सिकाइएको थियो । यसैगरी राप्ती नदीका दुई गोही नियन्त्रणमा लिएर छाडिएको थियो । यस क्रममा जालमा अड्किएका र उपचार गर्नुपर्ने गोहीलाई कसरी नियन्त्रणमा लिने भन्ने विधि सिकाइएको थियो ।

कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काएका गोहीलाई नदीमा छाडिँदै आएको छ । हालसम्म सो प्रजनन केन्द्रमा हुर्काइएका एक हजार ५८० गोही विभिन्न नदीमा छाडिसकिएको छ । तालिममा १७ जना गेमस्काउट सहभागी भएका थिए ।

प्रजनन केन्द्रमा गोहीले पारेका अण्डा र नदीमा सङ्कलन भएका अण्डालाई प्रजनन केन्द्रमा राखेर बच्चा कोरलेसँगै ती बच्चा हुर्काएर नदीमा छाडिँदै आएकोे छ । खड्काका अनुसार हाल प्रजनन केन्द्रमा ५८७ गोही छन् । यस वर्ष मात्र ६५ गोही नदीमा छाडिसकिएको छ । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन् ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १० : ४५ बजे

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु