काठमाडौं उपत्यकामा थपिए २३२ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए २३२ कोरोना संक्रमित


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९३ महिला र १३९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौंका १७१ , ललितपुरका ५३ र भक्तपुरका ८ जना रहेका छन ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ९७ हजार ९१९ पुगेको छ । जसमध्ये ४७६ जनाको मृत्यु भएको छ भने ९४ हजार ९७३ सय जना निको भएका छन्।

यसैगरी  ललितपुरमा हालसम्म १५ हजार ४०४ जना संक्रमित भएका छन्। जसमा १४७ जनाको मृत्यु भएको छ भने १४ हजार ९३५ जना निको भएका छन्।

यसैगरी भक्तपुरमा हालसम्म संक्रमितको संख्या ८ हजार ९५० पुगेको छ । जसमध्ये १०९ जनाको मृत्यु भएको छ भने ८ हजार ७२१ जना निको भएका छन्।

हाल काठमाडौंमा २ हजार ४७०, ललितपुरमा ३२२ र भक्तपुरमा १२० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : ५३ बजे

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका

बर्खा लाग्यो, हिउँ पर्न छाडेन

मुस्ताङ– हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ– बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न