काठमाडौं उपत्यकामा थपिए २३२ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए २३२ कोरोना संक्रमित


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९३ महिला र १३९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौंका १७१ , ललितपुरका ५३ र भक्तपुरका ८ जना रहेका छन ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ९७ हजार ९१९ पुगेको छ । जसमध्ये ४७६ जनाको मृत्यु भएको छ भने ९४ हजार ९७३ सय जना निको भएका छन्।

यसैगरी  ललितपुरमा हालसम्म १५ हजार ४०४ जना संक्रमित भएका छन्। जसमा १४७ जनाको मृत्यु भएको छ भने १४ हजार ९३५ जना निको भएका छन्।

यसैगरी भक्तपुरमा हालसम्म संक्रमितको संख्या ८ हजार ९५० पुगेको छ । जसमध्ये १०९ जनाको मृत्यु भएको छ भने ८ हजार ७२१ जना निको भएका छन्।

हाल काठमाडौंमा २ हजार ४७०, ललितपुरमा ३२२ र भक्तपुरमा १२० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : ५३ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास