मौसम यस्तै रहे वायु प्रदूषण अझै खराब हुनसक्छ, सचेत बनौं : वातावरण विभाग « Khabarhub

मौसम यस्तै रहे वायु प्रदूषण अझै खराब हुनसक्छ, सचेत बनौं : वातावरण विभाग


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वातावरण विभागले नेपालका विभिन्न जिल्लामा वायू प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा अपिल गरेको छ ।

विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पुस २० गतेदेखि मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको जनाएको हो ।

विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको छ । यसमा पनि बिहान र बेलुकाको समयमा अझ बढी छ । यसबाट तपाइँ हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्न सक्दछ ।’

विभागले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम-खोकी जस्ता स्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले नीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका बाहेक तराई क्षेत्रका शहरहरु नेपालगंज, विराटनगर लगायतमा पनि वायु प्रदूषण उच्च भएको पाइएको विभागले जनाएको छ ।

वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही समयसम्म प्रदूषण यस्तै रहने अथवा अझै खराब समेत हुने सम्भावना रहेको हुनाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

यस्तो छ विभागको विज्ञप्ति

 

 

 

 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : १६ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा