मौसम यस्तै रहे वायु प्रदूषण अझै खराब हुनसक्छ, सचेत बनौं : वातावरण विभाग « Khabarhub

मौसम यस्तै रहे वायु प्रदूषण अझै खराब हुनसक्छ, सचेत बनौं : वातावरण विभाग


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वातावरण विभागले नेपालका विभिन्न जिल्लामा वायू प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा अपिल गरेको छ ।

विभागले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पुस २० गतेदेखि मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको जनाएको हो ।

विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको छ । यसमा पनि बिहान र बेलुकाको समयमा अझ बढी छ । यसबाट तपाइँ हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्न सक्दछ ।’

विभागले विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं दम-खोकी जस्ता स्वासप्रस्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकाले नीहरुलाई सकेसम्म घर बाहिर ननिस्कन र सबै नागरिककले घर बाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका बाहेक तराई क्षेत्रका शहरहरु नेपालगंज, विराटनगर लगायतमा पनि वायु प्रदूषण उच्च भएको पाइएको विभागले जनाएको छ ।

वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही समयसम्म प्रदूषण यस्तै रहने अथवा अझै खराब समेत हुने सम्भावना रहेको हुनाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

यस्तो छ विभागको विज्ञप्ति

 

 

 

 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै