अध्यात्मको धारणा : सिद्धिमा पुग्ने गतिलो अस्त्र | Khabarhub Khabarhub

अध्यात्मको धारणा : सिद्धिमा पुग्ने गतिलो अस्त्र


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ध्यान साधनामा निरन्तर अघि बढेका साधक साधिकाहरुले मलाई पटक–पटक सम्पर्क गरेर महर्षि पतञ्जलिको अष्टाङ्गयोगअन्तर्गत धारणाको अवस्थाका बारेमा प्रकाश पारिदिन आग्रह गर्नुभएअनुसार यो आलेख तयार पारेको छु ।

उहाँहरुकै आग्रहअनुसार धारणामा ध्यानस्थ भएका बेला ध्यानीभित्र के–कस्ता अनुभूति घटित हुन्छन् ? तिनलाई प्रकाश पार्ने प्रयत्न गरेको छु ।

ध्यानमा आनन्द आउँछ भनेर यसमा होमिएकाहरु साधनाका विभिन्न चरणमा डर त्रास, टाउको दुख्ने, विभिन्न चित्रविचित्रका घटनामनभित्र घटित हुने र ध्यान साधना नै गलत पो हो कि भन्ने अवस्थासम्म पुगेको मैले पाएको छु । ध्यानस्थ अवस्थामा आत्तिएर विकराल समस्यामा फसेँ भन्दै मकहाँ आउने र मलाई सही मार्गमा लैजानुप¥यो गुरुदेव भन्ने साधक–साधिकाहरुकै आग्रहमा अष्टाङ्गयोगको ‘धारणा’मायहाँ केन्द्रित रहेको हुँ।

महर्षि पतञ्जलिले धारणाको विशद् व्याख्या गर्नुभएको भए पनि मैले चाहिँ यसलाई तीन भागमा विभाजन गरेर साधनामा भड्किरहेका साधकहरुलाई आनन्द भेट्न सघाउ पुगोस् भन्ने आकांक्षा लिएर कलम चलाएको हुँ ।

पहिलो चरण

धारणा भन्नाले कुनै पनि विषयवस्तुलाई धारण गर्नु भन्ने बुझिन्छ ।व्यक्तिको विचारबाट उत्पन्न नाम, स्थान, कर्ता आदिको गुण क्रियालाई मनोभावको एकाग्रतामा साक्षी भावमा रहेर चेतनाले थाहा पाउनु र त्यसलाई ग्रहण गर्नु धारणा हो ।
धारणा र कल्पना उस्तै–उस्तै लागे पनि बेहोसी कल्पनाले भय, चिन्ता र तनाव उत्पन्न गरी मनलाई विक्षिप्त पारी मनुष्यजीवन नै बर्बाद बनाइदिन्छ । बेहोसी अवस्थामा हुने नकारात्मक कल्पनाले व्यक्ति नाशिन पुग्छ । त्यसैले साधक सदा होसमा रहनुपर्दछ ।

ध्यानका शुरूवातका दिनहरुमा धारणाका माध्यमले साधकलाई एकाग्रता गराउने अभ्यास गराइन्छ । कुनै एक सकारात्मक विषयवस्तुरोजिसकेपछि साधकले स्मृतिमा एकनाशले त्यसलाई हेरिरहनु वा थाहा पाइरहनुपर्दछ ।

यो एकाग्रताको अभ्याससँगसँगै साधकको मन भावुक हुन्छ । गुरु आश्रमको सम्मोहनसँगै बाहिरी दुनियाँप्रति पनि साधक भावुक बन्दछ ।

आफ्नो घरगृहस्थको दैनिक कार्य, जागिर र व्यापार व्यवसायमा भन्दा पनि ध्यान मात्रै सबैथोक हो कि भन्ने भाव जागेर आउँछ ।

यस अवस्थामा हृदय कोमल भएर साधक सबैप्रति प्रेमल हुन्छ । कुनै जीवजन्तु र वनस्पतिहरुको दुःखपीडामा समेत भावविह्वल भएर बलिन्ध्र धारा आँशु बगाउनु यस अवस्थाका मूल लक्षण हुन् ।

एकाग्रताको अभ्यासका क्रममा साधकमा जागृत, सपना र सुषुप्तिका भावहरु देखापर्छन् ।

धारणाको सुषुप्त अवस्थामा पुगेका बेला साधकलाई मस्त निद्रा लाग्छ । मुढो लडेझैं केही हलचल नगरी मस्त निद्रामा ऊ पुग्दछ, त्यतिबेला उसलाई अरु केही थाहा हुँदैन । तर निद्राबाट ब्युँझिदा भने शरीर हलुका र फुर्तिलो भएको अनुभव हुन्छ ।
मस्त निद्रामा उसले अनेकौं रङ्गविरङ्गका सपनाहरु देख्छ । नसोचेका क्रियाकलापर यसअघि नघटेका घटनासपनाकाबेला देखापर्छ ।

सपनामा जस्तोसुकै अफ्ठेरो र सजिलो भए पनि ब्युँझिँदा भने उसको शरीर हलुका र आनन्दित हुनपुग्छ ।
जागृत अवस्थामा आफू सुतिरहेको, सपना देखिरहेकोे, वरिपरिका जीवजन्तु र मानिसका सबै गतिविधि उसले थाहा पाइरहेको हुन्छ ।

धारणामा अचम्म त यो कि जागृत अवस्थामा बाहिरी गतिविधिको मात्रै होस नभएर निद्रामा भएका गतिविधिको पनि होस साधकलाई हुन्छ ।

यस्तो अवस्थाबाट ब्युँझेपछि अनिद्रामा छु, अब निद्रा नपुग्ने हो कि भन्ने उसलाई लाग्न सक्छ तर साधकलाई ध्यानबाटै आवश्यक निद्रा पुगिसकेको हुन्छ र शरीर नै अत्यन्त हलुका भएको महसुस हुन्छ ।

दोस्रो चरण

मनलाई कुनै भावनात्मक विषयमा एकोहोरो साक्षी भावमा थाहा पाइरहेर म हुनुको भाव स्वस्फूर्त द्वैत भावमा उदय हुनु म,द्रष्टा हुँ भन्ने भाव प्रकट हुनु हो । यसपछि विषय वासनाको दृश्यप्रति एकाग्रता बढ्दै जाँदा साक्षीभावबाट स्वस्फूर्त ‘म’को लक्षण र चिन्तन स्वयंतिरको समग्रतामा विलय हुँदा आफ्नो स्वरुपले विशाल ब्रह्म रुप लिएको अनुभव रहन्छ ।

मलाई मैले नै हेरिरहेको, मैले मलाई नै देखिरहेको, मेरा गतिविधि हाउभाउ मैले नै नियालेर हेरिरहेको अर्थात् विषय वासनाले मलाई हेरेको भान हुन्छ ।

मभित्र गडेर रहेको संस्कार वासना दृश्यको रुपमा प्रकटीकरण भएर अनुभूतिको स्तरमा उदय हुन्छ ।
अनन्तकालदेखि मनुष्यको बलियो भरोसा र आधार गुरु श्रद्धा र भगवानप्रति श्रद्धा विश्वास भरोसा चेतनाभित्र गडेर बसेको यो चरणमा अनुभूति हुन्छ ।

यी अवस्थामा गुरुको चिन्तन स्मरण गरेगुरुको प्रतिछाया देखा पर्छ । देवीदेवताको स्मरण गरे देवीदेवताकै प्रतिछाया स्पष्ट देखा पर्छ ।

यहाँ ज्योति, प्रकाश, देवदेवी, डर, भय, आशक्ति, मोह, कामना आदि मनुष्य शरीरमा संस्कार भएर गडेकाले बुद्धि विवेकभन्दा पर विषय वासना उठिहाल्छ र त्यसैको स्वरुप दर्शन हुन्छ ।सिनेमाको पर्दामा सिनेमा हेर्दाको चित्र देखेझैँ प्रस्ट विषय वासनाका चित्रहरु देखापर्छन् ।

देखिने विषयवस्तु बोली पो हाल्ने हो कि भन्ने भान साधकलाई हुन्छ ।

यो अवस्थामा बुद्धि विवेक भने रहिरहेको हुन्छ ।

स्मरण रहोस्– साधक–साधिका मित्रहरू !

हाम्रो शरीरका अंगहरु निस्क्रिय अवस्थामा रहेका हुन्छन् । साधनाका माध्यमबाट हाम्रा शरीरका अंग कोषिकाहरु जति सक्रिय हुन्छ, त्यति नै संस्कारहरु दृश्य वासना धारणाका अनुभूतिमा प्रकट हुँदै बाहिर निष्कासित हुन्छन् ।

किनकि बाहिरको भौतिक अभौतिक क्रियाकलापका गतिविधिहरु प्रकाशित रश्मीको माध्यम भएर हाम्रो शरीरका कोषकोषभित्र प्रवेश गरेर त्यो अंगभित्र संस्कारको रुपमा अमिट छाप भएर बसेको हुन्छ ।
शरीरका मुख्य केन्द्रको रूपमा रहेका अंगहरु तथापि (सक्रिय) सूक्ष्म कम्पन भई निख्री सकिन्छ धारणाका दोस्रो अवस्था पनि समाप्त हुन्छ ।

अब धारणाबाट धारण गर्ने दृश्य अनुभूति दोहोरिँदैन,ध्यानको अवस्थामा दृश्य भएर प्रकट हुने विषय वासना समाप्त भएर जान्छ ।

तेस्रो चरण

द्रष्टा भावले दृश्य वासनालाई साक्षीभावले हेर्दा ‘म’ पना रहिरहँदा साक्षीभावको अगाडि वासना उठ्न छाडेर द्रष्टा हुँ भन्ने भाव पनि स्वतः विलय भएर अद्वैतमा म–मेरो यो–त्यो हराएर शुद्ध ज्ञान मात्र बाँकी रहँदा दिव्य अखण्डस्वरुप प्रतिभाषित भई अलौकिक दृश्य निराकार दिव्य ज्योति चेतनाभन्दा माथि अवचेतनमन स्वचालित भएको हुन्छ । यो अवस्थामा साधकले अगाडिका सबै कुरा बिर्सिन्छ । श्रीमान्–श्रीमती, छोराछोरी धनसम्पत्ति, नातागोता म–मेरो अर्थात् भौतिक दुनियाँको सबै विषय वासनाहरु साधकले भुल्दछ ।

अब होस,थाहा, चेतना, बुद्धि, विवेक,आदि केही नभएर ‘ज्ञान’ मात्र शेष रहन्छ ।

त्यो दिव्यताको रुप रङ्ग आकार प्रकाशको उदाहरण दिएर बताउने वस्तु या शब्दहरू यो संसारमा पाइँदैन ।
त्यो दिव्य त्यो अलौकिक निराकार अखण्ड स्वरुपको दर्शन अलौकिक र अत्यन्त प्रिय हुन्छ ।

त्यहाँ केही हुँदैन र पनि त्यो अलौककतत्व दिव्य र प्रिय नै हुन्छ ।

त्यो दिव्यताबाट विस्तारै ध्यानीको चेतना फर्किदा एकछिन अकमक्क पर्दै बुद्धि विवेक चलाउन थाल्छ । अचम्म त यो छ कि भौतिक शरीर भौतिक दुनियाँमा नै ध्यानस्थ रहेको छ तर सम्पूर्ण शरीर अलौकिक र अत्यन्त प्रिय हुन्छ ।
हामी एयर कन्डिसनभित्र बसेर बाहिर निस्केपछि शरीरलाई बाहिरी आवरणले पोलेझैँ त्यो अवस्थाबाट बुद्धि विवेकतिर ब्युँझिँदा ध्यानीको सारा शरीरका अंगहरु पृथ्वीको भौतिक तत्वले पोलेको अनुभव हुन्छ ।

ठीक यसै बेला कसैप्रति कुदृष्टि, कुभावना मनमा आयो भने जसप्रति कुभावना जागेको छ उसैप्रति दुर्घटना घट्दछ । यो अवस्थालाई सिद्धिको अवस्था भन्दा फरक नपर्ला किनभने तीन–तीन पल्ट मेरो अनुभवले यही देखाएको छ ।

यो अवस्थासम्म पुगेका योगीजनको अकालमा मृत्यु हुन सक्दैन किनकि जब साधक दुर्घटनामा पर्छ यो दिव्यता प्रकट भइदिन्छ । ताकि त्यो बेला सियो धर्तीमा खस्दा सियोको आवाज पनि छन्द्रङ्ग बजेको थाहा हुन्छ । घटना सुस्त गतिमा घटिरहेको भान हुन्छ र दुर्घटनाबाट सजिलै जोगिन सकिन्छ ।

केही विषयमा संवाद गरिरहेको अवस्थामा होस्, भाषण गरिरहँदा होस् या विद्यार्थीलाई पढाइरहेको अवस्थामा अब ऊ भित्रबाट शब्दहरु द्वैत भावमा स्वतः प्रकट हुन्छ ।

यस्ता ज्ञानीजन बोल्दै छ, शब्द चयन गर्दै छ, अर्थात् वाक्यमा कुन–कुन शब्द प्रयोग गर्ने भनी अब एक–एक शब्दप्रति सजग हुने र वाणीमा माधुर्य र मिठासपन आउँछ ।

हेर्ने दृश्यहरुमा पनि द्वैत भाव प्रकट भएर सधैं हेरिरहेको वा देखिरहेको दृश्यप्रति आल्हालित भएर रोमाञ्चित भावमा हृदय गद्गद् हुँदै बेस्सरी चिच्याउँदै, उफ्रिँदै दृश्यतिर दौडिँदै साधक नाच्न मन गर्छ ।

शायद यही अवस्थालाई जानकारहरुले परमात्मा भनी पुकारेको हुनुपर्छ र ब्रह्मको दिन भनी वर्णन गरेको हुनुपर्छ ।
यसरी धारणाको मार्गबाट ध्यानलाई निरन्तरता दियो भने साधकले एकदिन सिद्धिको अवस्था चुम्न सफल हुन्छ र ऊ प्राकृतिक नियमभन्दा अलग पनि हुन सक्छ ।

ऊ हावामा तैरिन सक्छ । एक स्थानमा आफूलाई विलय गरेर अर्को स्थानमा उदाउन सक्छ । शरीरबाट अनेकौं वस्तुहरु निकाल्न पनि उसले सक्छ ।

किनभने चेतना पो धारणामा पुग्यो र अलौकिक दृश्य चुम्यो तर उसको शरीर त जहाँको त्यहीँ छनि, धारणाबाट फर्केपछि शरीरको रोम–रोम अलौकिक, प्रिय, दिव्य धराकम्पनको प्रत्याभूति भइरहेको हुन्छ ।
धेरै ध्यानीजनहरु यही अवस्थामा अल्झिरहेका हुन्छन् । कतिपयले यो अवस्थालाई इन्लाइटमेन्टको अवस्था पनि भन्दा रहेछन् ।

यसरी प्रकृतिको फरक मतमा उभिएर दुनियाँका आँखामा चटाकीको भूमिकामा सारालाई दिग्भ्रमित बनाउने कि ब्रह्माण्डकै निम्ति स्वयं तपाईं वेदका ऋचा बन्ने ?छनौट अब योगीको हुन्छ ।

आध्यात्मिक मास्टर डिग्री पूरा भएर अब पीएचडीको पथमार्गको यात्रामा हिँड्ने अवसर यहाँबाट शुरु हुन्छ ।
अध्यात्ममा धारणाको पथभन्दा अगाडिको मार्ग पूर्णतः प्रकाशित छ, जहाँ भगवान् बुद्ध, राम, कृष्ण, शिव र कैयौं ऋषि महर्षिहरु पुगेका थिए, हामीले पनि त्यहाँसम्म पुग्ने लक्ष्य निर्धारण गरेर ध्यानको यात्रा अघि बढाउन जरुरी छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १ : ४५ बजे

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

बेरुत – लेबनानको राजधानीमा भएको इजरायली हवाई आक्रमणमा शनिबार कम्तिमा

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

नुवाकोट – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न

भारतीय सेना प्रमुख पोखरामा, वीरता पुरस्कार विजेताहरुलाई सम्मान

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

काठमाडौं – गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो

स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर – चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस