पार्टी एकता कमजोर पार्नेलाई जनताले माफी दिनेछैनन् : उपप्रम पोखरेल « Khabarhub

पार्टी एकता कमजोर पार्नेलाई जनताले माफी दिनेछैनन् : उपप्रम पोखरेल


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई कमजोर पार्नेलाई जनताले कहिल्यै माफी नदिने बताएका छन ।

नेकपा धनुषाद्वारा आज जनकपुरधामको मिथिला भवन परिसरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य पोखरेलले पार्टी एकता कमजोर गर्ने काम स्वीकारयोग्य हुन नसक्ने धारणा राखे ।

उपप्रधानमन्त्री पोखरेलले भने, “पार्टी एकता प्राणभन्दा पनि प्यारो छ, म अन्तिम क्षणसम्म पनि पार्टी एकताकै पक्षमा दृढ रहनेछु ।”

उनले जनता विभाजनका पक्षमा नरहेकाले पार्टी एकताविरुद्ध लाग्ने तथा पार्टी र सरकारलाई गतिहीन बनाउन आकाङ्क्षा राख्नेलाई जनताले दृढताका साथ सामना गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको आवश्यकताको मर्मअनुरूप प्रतिनिधिसभा विघटन गरेको बताए ।

शहरी विकासमन्त्री प्रभु साहले विद्यमान अवस्थाप्रति जिम्मेवार भई सत्यको बाटामा लाग्न आवश्यक रहेको बताए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्रीले देशलाई आधुनिक युगमा प्रवेश गराएको विचार राखेका थिए ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ८ : २४ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या