शनिबारसम्म वर्षा र हिमपातको पूर्वानुमान (तीन दिनको पूर्वानुमानसहित) | Khabarhub Khabarhub

शनिबारसम्म वर्षा र हिमपातको पूर्वानुमान (तीन दिनको पूर्वानुमानसहित)


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज र भोलि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश-१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ ।

यस्तै देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यो क्रम शनिबारसम्म नै कायम रहने छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २३ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश-१ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भाबना छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ ।

राति :  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थानहरु तथा प्रदेश-१ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ २४ गते (शनिबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश- १ का धेरै स्थानहरू तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्चपहाडी र हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

राति:  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरू साथै गण्डकी प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

माघ २५ गते (आइतबार)

दिउँसो :  देशका पहाडी भूभागहरुका आंशिक वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति:  प्रदेश-१ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ६ : ४१ बजे

विपद् व्यवस्थापन : सेतीनदी तटीय क्षेत्रमा साइरन जडान

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

युवालाई सामाजिक सञ्जालमा सक्रिय हुन कांग्रेस प्रवक्ता महतको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्रीडा. प्रकाशशरण महतले पार्टीका

नर्वे र युक्रेनबीच स्वास्थ्य क्षेत्रमा सहकार्यको सम्झौता, द्विपक्षीय सहकार्य विस्तार हुँदै

एजेन्सी – नर्वे र युक्रेनले आपसी सहयोग विस्तार गर्ने उद्देश्यले

प्रधानमन्त्रीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधि मण्डलले

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई 

काठमाडौं– सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको समर्थन गुमाएको सुदूरपश्चिम प्रदेश