सेनाका गाडी गुडाउँदैमा तर्सिन्नौँ, ओली समूह चोइटिएको शक्ति मात्र हो : नेपाल « Khabarhub

सेनाका गाडी गुडाउँदैमा तर्सिन्नौँ, ओली समूह चोइटिएको शक्ति मात्र हो : नेपाल


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सेनाका बख्तरबन्द गाडी चक्रपथमा घुमाउँदैमा प्रधानमन्त्री ओलीबाट कोही नडराउने बताएका छन्।

ललितपुरमा नेकपा बिटमा रिपोर्टिङ गर्ने केही पत्रकारसँगको अन्तरक्रियामा नेता नेपालले चोइटिएको ओली समूहको इसारामा हुने कुनै पनि कामबाट नडराइने जनाए ।

‘सडकमा आर्मीका बंकर प्रदर्शन गरे पनि कोही तर्सिनेवाला छैन,’ नेता नेपालले भने ।

ओलीले विधि र पद्धति मिच्दा आजको अवस्था आइलागेको पनि उनले बताए ।

‘केपी ओली विधि, पद्धति र विचारबाट विचलित भएर एक झुण्डको नेतृत्वमा छन्। त्यो पार्टीलाई बालकोटमा लगेर चलाए हुन्छ।’

बिहीबार गरिएको आमहडतालका क्रममा दमन भएको पनि उनले विरोध गरेका छन् । ओलीको निर्देशनमा प्रहरीले ज्यादती, दमन र निरंकुशता देखाएको आरोप लगाए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : ०२ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा