हिमपातले जुफाल बिमानस्थल बन्द « Khabarhub

हिमपातले जुफाल बिमानस्थल बन्द


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– डोल्पामा भारी हिमपात भएको छ । बिहीबार रातिबाटै वर्षासँगै परेको हिउँले डोल्पाको अधिकांश भू-भाग ढाकेको छ। हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलो पटक ठूलो हिमपात भएको हो।

माघको तेस्रो सातामा मात्रै हिउँ पर्न थालेपछि निरासामा रहेका कृषक भने खुसी भएका छन्। पानी र हिउँ परेपछि केही राहात मिलेको स्थानीय कृषक बताउँछन् ।

धूलो, हावा र रुघाखोकीले आक्रान्त भएका डोल्पाबासी हिमपातसँगै रमाएका छन्। हिउँदको समयमा हिउँ धेरै परेमा वैशाखदेखि बहुमुल्य जटिबुटी यार्सागुम्बा पनि प्रशस्त हुने स्थानीय प्रेमबहादुर लामाले बताए ।

जिल्लाको करिब ९० प्रतिशत भू-भाग हिउँले ढाकेपनि समुन्द्र सतहबाट करिब २५ मिटर तलको भू-भागमा भने हिउँ जम्न सकेको छैन । सदरमुकाम दुनै, त्रिपूराकोट, त्रिबेणिलगायतका क्षेत्रमा भने हिउँ जम्न सकेको छैन।

हिउँदे सिजनको अन्तिमतिर हिउँ परेर तल्लो डोल्पाका स्थानीय उत्साहित भए पनि माथिल्लो डोल्पाका नागरिक भने हिमपातले नाकाबन्दी गरेको छ । करिब ५६ सय मिटर अग्ला पहाडले घेरिएको क्षेत्रमा बस्ती भएको माथिल्लो डोल्पामा भने हिमपातले जनजीवन कष्टकर बनाएको छ ।

हिमपात भएसँगै माथिल्लो डोल्पामा स्थानीय घर बाहिर जान कठिन भएको स्थानीय सोनाम फुन्जो गुरुङले जानकारी दिए । हिमपातका कारण जुफाल बिमानस्थलमा उडान नहुँदा यात्रु बिमानस्थलमै थन्किएका छन् भने पैदल यात्रु प्रभावित भएका छन्। डोल्पाको तामक्रम माइनस १० भन्दामाथि पुगेको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १२ : ३१ बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ