ट्याटु प्रेमी यी सेलिब्रेटी « Khabarhub

ट्याटु प्रेमी यी सेलिब्रेटी


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस आफ्नो रोमान्टिक केमेष्ट्रीका कारण चर्चामा रहन्छन् । हालैमात्र प्रियंकाले ‘ऐले’ नामक पत्रिकाको लागि फोटोसुट गराएकी थिइन् । जुन तस्बिर हेर्दा उनको शरीरमा ट्याटु देखिन्छ ।

जुन ट्याटु उनले आफ्नो इन्गेजमेन्ट एनिभर्सरीमा निकसँग बनाएकी थिइन् । उनीहरु दुवैको शरीरमा एकै किसिमको ट्याटु छ । प्रियंकाको ट्याटु कानको पछाडि छ, जसमा एकातर्फ बक्स र अर्कोतिर चेकको चित्र छ । निकको ट्याटु उनको छातीमा छ । निक र प्रियंका अघि बलिउडका कैयौं सेलिब्रेटीले आफ्नो पार्टनर र परिवारका लागि सुन्दर ट्याटु बनाएका छन् ।

बलिउड अभिनेत्री दीपिका पादुकोण जहिल्यै आफ्नो ट्याटुलाई लिएर चर्चामा आउछिन् । अभिनेत्रीले रणवीर कपूरसँग प्रेम सम्बन्धमा रहँदा आरके ट्याटु बनाइन् । तर केही वर्षमै दुवै अलग्गिएपछि उनले ट्याटुलाई हटाउनुको साटो ‘रीटच’ गरिन् । यवसबाहेक दीपिकाको एंकलमा डीपी लेखिएको ट्याटु छ ।

बलिउडका खेलाडी कुमार अक्षय कुमारले हालैमात्र आफ्नो काँधमा ट्याटु बनाए । उनको ट्याटुमा टीना लेखेका छन्, यो उनको श्रीमति ट्विंकलको निकनेम हो । यसअघि अक्षयले काँध र गर्धनमा आफ्नो सन्तानको नामको ट्याटु खोपेका छन् । जुन ट्याटु उनी सर्टलेसन हुँदा देख्न सकिन्छ ।

अभिनेता इमरान खानले आफ्नो छोरी इमाराको जन्मपछि छोरीको पाइलाको ट्याटु आफ्नो छातीमा खोपेका छन् । यसअघि उनले आफ्नो छाती र काँधमा दुई ट्याटु बनाएका छन् ।

अभिनेता अर्जुन कपुर आफ्नी आमासँग एकदमै नजिक थिए । उनले आफ्नो आमाका लागि आफ्नो हातको जोर्नीमा ‘माँ’ लेखेका छन् । यो नामसँगै उनले ८ नम्बर पनि लेखेका छन् । यो नम्बर उनको जन्ममिति २६ को जोड हो ।

अभिनेता रणवीर कपूरले आफ्नो पाखुरामा ‘आवारा’ ट्याटु खोपेका छन् । यो ट्याटु उनको हजुरबुवा राज कपूरको सबैभन्दा लोकप्रिय फिल्म ‘आवारा’ नामबाट बनाइएको बताइन्छ ।

‘वार’ अभिनेता ऋतिक रोशनले आफ्नो पूर्व पत्नी सुजैन खानको नामको ट्याटु हातको जोर्नी छेउमा खोपेका छन् । ऋतिक र सुजैनको एक आइडेन्टिकल ट्याटु पनि छ । सम्बन्धविच्छेदपछि सुजैनले ट्याटुलाई रिडिजाइन गरेर ‘फलो योर सनसाइन’ लेखेकी छन् । तर ऋतिकले आफ्नो ट्याटुमा केही परिमार्जन गरेका छैनन् ।

अभिनेता अजय देवगनले छातीमा शिवजीको अनुहारको ट्याटु बनाएका छन् । वर्षौ अघि अजयले छोरी नायसाको नामको ट्याटु छातीमा खोपेका थिए । उनले छोरा युगको नाममा पनि ट्याटु बनाएका छन् ।

अभिनेता सञ्जय दत्तको शरीरमा कैयौं ट्याटु छन् । अभिनेताले सिंह राशीको चिन्ह, तिब्बतको दुई समुराय र एक जापानी चिन्ह बनाएका छन् । जसको हिन्दीमा ‘गर्व’ भन्ने अर्थ लाग्छ । यसबाहेक उनले आफ्नो अभिभावक र श्रीमतिको नाममा पनि ट्याटु खोपेका छन् ।

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतले आफ्नो ढाडमा आमाका लागि ट्याटु खोपेका छन् । अभिनेता सैफ अली खानले अभिनेत्री करीना कपूरसँग फिल्म ‘टसन’को समयमा एकअर्कासँग डेट गर्न सुरू गरेका थिए ।

यद्यपि त्यो समयमा उनीहरुको सम्बन्ध के हो भन्ने केही टुंगो लागिसकेको थिएन । तर सैफले आफ्नो ट्याटुको माध्यमबाट आफू करीनासँग सम्बन्धमा रहेको जानकारी गराए । उनले ठूला अक्षरमा कैरीना ट्याटु खोपेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १ : २७ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक