वैशाखमा लाप्राकको नमूना बस्ती हस्तान्तरण « Khabarhub

वैशाखमा लाप्राकको नमूना बस्ती हस्तान्तरण


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ ।

गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्तीको निरीक्षणका क्रममा संघका अध्यक्ष कुमार पन्तले आगामी वैशाख १२ गते बस्ती हस्तान्तरण हुने जानकारी दिएका हुन् ।

उनले लाभग्राहीलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई आफूहरुले ताकेता गरिरहेको बताए ।

भूकम्प गएको दिनमै वस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएकाले सो समयभित्रै बस्ती निर्माणका सम्पूर्ण काम सम्पन्न गर्न लाभग्राहीलाई आग्रह गरे ।

अध्यक्ष पन्तले वस्ती निर्माणमा सहयोग गर्ने प्राधिकरण, शहरी विकास मन्त्रालय, गैरआवासीय नेपाली, केयर नेपाल, नेपाली सेना, लाभग्राही र गाउँपालिका तथा वडा कार्यालयलाई धन्यवाद दिए ।

प्राधिकरणका सचिव मणिराम गेलालले प्राधिकरणका तर्फबाट पूर्वधार विकासका लागि प्रतिलाभग्राही प्राप्त हुने रु चार लाख अनुदान दिने प्रतिबद्धता व्यक्त गरे ।

लाभग्राही राज गुरुङले नमूना वस्ती तोकिएको समयमै सम्पन्न हुने बताए । परियोजनाका सहसंयोजक श्याम तामाङले एक महिनाभित्र वस्ती निर्माण सपन्न गरिने बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : ४५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई