नेपाली कम्युनिस्टलाई ‘फागुन २१’ को संयोग « Khabarhub

नेपाली कम्युनिस्टलाई ‘फागुन २१’ को संयोग


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा— नेपाली कम्युनिस्टहरूका लागि ‘फागुन २१’ एउटा विशिष्ट दिन हो । खास गरी सशस्त्र संघर्षको जगमा उभिएका कम्युनिस्टहरूले आफ्नो विद्रोहप्रति गर्व गर्ने दिन हो फागुन २१ ।

त्यो ऐतहासिक फागुन २१ यस वर्ष नयाँ रङ मिसिएर आउने भएको छ । एक दशक लामो सशस्त्र संघर्षबाट पनि धित नमरेपछि फेरि त्यही बाटो समाएका विप्लव र करिब पाँच दशकअघि सशस्त्र संघर्षबाट धित मेटिसकेका केपी शर्मा ओलीको ‘फ्युजन’ हुने भएको छ, यही फागुन २१ मा ।

दुई वर्षअघिको फागनु २१

दुई वर्षअघि, २०७५ सालको फागुन २१ मा ओली र सशस्त्र संघर्षबाट आएका नेता पुष्पकमल दाहाल प्रचण्डले सुखानीमा एउटै मन्चबाट नेपाली कम्युनिस्ट आन्दोलन अघि बढाएर सफलताको शिखरमा पुर्‍याउँछौँ भनेका थिए ।

यस वर्ष फागुन २१ मा ओलीले झापामा तय भएको कार्यक्रम रद्द गरेर काठमाडौँमा विद्रोही विप्लवसँग मन्च शेयर गर्ने भएका छन् । दुई वर्षअघि प्रतिबन्ध लगाएको विप्लवको घुम्टो उनै ओलीले उघार्ने भएका छन् ।

प्रचण्ड र विप्लव छनौटको संयोग

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओली र प्रचण्ड दुवै जना फागुन २१ मा झापा विद्रोहका क्रममा पाँच जनाले सहादत प्राप्त गरेको झापा र इलामको सङ्गम सुखानी पुगेर कम्युनिस्ट आन्दोलनको महिमागान गरेका थिए । दुवै नेताले एकसाथ यात्रा गर्ने कसम खाएका थिए । उनीहरूले भनेको यात्रा दुई वर्षमै अन्त्य भएको छ ।

विप्लवका गतिविधिमा प्रतिबन्ध लगाउन सघाउने प्रचण्ड अहिले ओलीसँग छैनन् । अब ओलीलाई सघाउन विप्लव आउने भएका छन् । प्रचण्डको अढेस लागेर दुई वर्ष विप्लवमाथि प्रहार गरेका ओलीका दिन फेरिएका छन् । अब विप्लवको अढेस लागेर प्रचण्डमाथि प्रहार हुने सम्भावना बढेको छ ।

फागुन २१ को विशेषता

फागुन २१ नेपालमा पहिलो पटक कम्युनिस्ट सशस्त्र विद्रोहको शिलान्यास भएको दिन हो । त्यो फागुन २१ हो २०२९ सालको । झापा विद्रोहमा लागेकै कारण झापा र इलामको सङ्गम सुखानी जङ्गलमा तत्कालीन विद्रोहका ५ नेताहरूलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको थियो ।

झापा कारागारबाट इलाम सार्ने बहानामा २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठ प्रहरीद्वारा मारिएका थिए । उनीहरूको सहादत स्थल सुखानी नेपाली नेकपा माले र नेकपा एमाले पृष्ठभूमिका कम्युनिस्टहरूको श्रद्धास्थलका रूपमा रहेको छ ।

झापा विद्रोहको जगमा उभिएका कम्युनिस्ट नेताहरूले ४८ वर्ष अघिको ‘फागुन २१’ लाई विशेष रूपमा स्मरण गर्ने गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : ३० बजे

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती