सरकार अविचलित निष्ठाका साथ अघि बढिरहेको छ : प्रधानमन्त्री ओली « Khabarhub

सरकार अविचलित निष्ठाका साथ अघि बढिरहेको छ : प्रधानमन्त्री ओली


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठासाथ अघि बढिरहेको बताएका छन् ।

झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उनले आन्दोलनको नेतृत्व गर्दा होस् वा प्रधानमन्त्रीका रुपमा राज्य सञ्चालन गर्दा होस्, आफू जनताको जीवनमा समृद्धि, समानता, सामाजिक न्याय र सुखका साथ मुलुकको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सक्रिय भएर लाग्ने बताएका हुन् ।

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले मुलुकमा तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै शहीदको सपना साकार पार्ने काम गरिरहेको उल्लेख गरेका छन् ।

उनले जनताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पाउने संवैधानिक बाटाहरु बन्द रहेको अवस्थामा जनताको आन्दोलनमाथि निरंकुश सत्ताले गरेको दमनको प्रतिवादस्वरुप झापा आन्दोलन श्रृष्टि भएको भनाइ छ ।

“कम्युनिष्ट पार्टीले आफ्नो स्थापना कालमा सैद्धान्तिक रुपमा राखेको गणतन्त्रको मागलाई जनस्तरमा विस्तार गर्दै विभाजित कम्युनिष्ट आन्दोलनलाई सवल बनाउन सो आन्दोलन एउटा गौरवपूर्ण प्रस्थान बिन्दु थियो ।”, उनले भने, “त्यस आन्दोलनको सञ्चालन गरिरहँदा हामीले नेपालमा पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रलाई उखेलेर फाल्ने र सामाजिक न्यायसहितको समतामूलक समाज तथा गणतन्त्र स्थापना गर्ने उद्घोष गरेका थियौँ । हामीले त्यस उद्घोषलाई सार्थक बनाउँदै गणतन्त्र स्थापना गरेका छौँ ।”

आजभन्दा ४८ वर्षअघि आजकै दिन सो आन्दोलनका क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई कारागार सार्ने बहानामा सुखानीको जङ्गलमा लगी पञ्चायती सत्ताले हत्या गरेको थियो ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक आन्दोलन, कम्युनिष्ट, प्रगतिशील र लोकतान्त्रिक आन्दोलनको इतिहासमा यस दिनको असाधारण तथा ऐतिहासिक महत्व रहेको उल्लेख गर्दै यस क्षणमा नेपालको कम्युनिष्ट आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीदलाई स्मरण गरेका छन् ।

“उहाँहरुले देश र लोकतन्त्रका लागि, समानता र जनताको अधिकार सम्पन्नताका लागि निरकुंश राजतन्त्र ढालेर लोकतान्त्रिक प्रणाली ल्याउन आफ्नो जीवन अर्पण गर्नुभएको थियो ।” प्रधानमन्त्रीको श्रद्धाञ्जलि वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : ०७ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई