नवलपरासीबाट काठमाडौँ आउँदै विप्लव, प्रधानमन्त्रीसँग एउटै मञ्चमा सम्बोधन गर्ने « Khabarhub

नवलपरासीबाट काठमाडौँ आउँदै विप्लव, प्रधानमन्त्रीसँग एउटै मञ्चमा सम्बोधन गर्ने

विप्लवलाई नवलपरासीमा स्थानीयले गरे स्वागत


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

सरकार र विप्लव समूहबीच तीन बुँदै सहमतिपछि सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै उनी काठमाडौँ आउन लागेका हुन् ।

सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको सहमतिको विस्तृत विवरण आज हुने विशेष समारोहमा सार्वजनिक गरिने छ ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरिने छ ।

यसअघि हिजो साँझ नवलपरासी पूर्व बुलिङटारमा विप्लवलाई स्थानीयले स्वागत गरेका थिए ।

शहीद परिवारलाई भेटे विप्लवले

यसैबीच महासचिव विप्लवले जनयुद्धका क्रममा ज्यान गुमाएकी नवलपरासीकी प्रथम शहीद फूलमाया सारुकाे परिवारलाई आज बिहान भेट गरेका थिए ।

माओवादी विचारधाराका पार्टीहरुले फागुन १४ देखि २१ सम्म बलिदान सप्ताहका रुपमा मनाउँदै आएका छन् ।

बलिदान सप्ताहकाे अन्तिम दिन आज विप्लवले सारुकाे परिवारलाई भेट गरेकाे नेकपा विप्लवका देवचुली इन्चार्ज रबिले जानकारी दिए ।

विप्लवलाई शहीद फूलमायाको परिवारले रातो टीका लगाएर काठमाडौँ बिदाइ गरेका थिए ।

फूलमायाको २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमा भएकाे माओवादी आक्रमणका क्रममा ज्यान गएकाे थियो ।

बिहीवार सरकारसँग भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

यसअघि बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : २५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई