नवलपरासीबाट काठमाडौँ आउँदै विप्लव, प्रधानमन्त्रीसँग एउटै मञ्चमा सम्बोधन गर्ने « Khabarhub

नवलपरासीबाट काठमाडौँ आउँदै विप्लव, प्रधानमन्त्रीसँग एउटै मञ्चमा सम्बोधन गर्ने

विप्लवलाई नवलपरासीमा स्थानीयले गरे स्वागत


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

सरकार र विप्लव समूहबीच तीन बुँदै सहमतिपछि सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै उनी काठमाडौँ आउन लागेका हुन् ।

सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको सहमतिको विस्तृत विवरण आज हुने विशेष समारोहमा सार्वजनिक गरिने छ ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरिने छ ।

यसअघि हिजो साँझ नवलपरासी पूर्व बुलिङटारमा विप्लवलाई स्थानीयले स्वागत गरेका थिए ।

शहीद परिवारलाई भेटे विप्लवले

यसैबीच महासचिव विप्लवले जनयुद्धका क्रममा ज्यान गुमाएकी नवलपरासीकी प्रथम शहीद फूलमाया सारुकाे परिवारलाई आज बिहान भेट गरेका थिए ।

माओवादी विचारधाराका पार्टीहरुले फागुन १४ देखि २१ सम्म बलिदान सप्ताहका रुपमा मनाउँदै आएका छन् ।

बलिदान सप्ताहकाे अन्तिम दिन आज विप्लवले सारुकाे परिवारलाई भेट गरेकाे नेकपा विप्लवका देवचुली इन्चार्ज रबिले जानकारी दिए ।

विप्लवलाई शहीद फूलमायाको परिवारले रातो टीका लगाएर काठमाडौँ बिदाइ गरेका थिए ।

फूलमायाको २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमा भएकाे माओवादी आक्रमणका क्रममा ज्यान गएकाे थियो ।

बिहीवार सरकारसँग भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

यसअघि बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : २५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ