सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल « Khabarhub

सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको बताएकी छिन् ।

बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप (वडास्तरीय पुरुष तथा महिला भलिबल कप) एवं वडा नं ६ स्थित भुवनघाट पक्की पुलको बिहीबार उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।

नेपाली जनताको सङ्घर्षबाट स्थापना भएको वर्तमान सरकारले सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्दै उनले सरकारले ऐतिहासिक काम गरेको बताइन् ।

मन्त्री अर्यालले सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल शुरु भएको भन्दै सरकार हटाउने खेल पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताइन् ।

तीन दिनसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः रु ६० हजार, ४० हजार, २० हजार र १० हजार र ट्रफी, मेडल र प्रमाणपत्र रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ०५ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी