सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल « Khabarhub

सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको बताएकी छिन् ।

बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप (वडास्तरीय पुरुष तथा महिला भलिबल कप) एवं वडा नं ६ स्थित भुवनघाट पक्की पुलको बिहीबार उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।

नेपाली जनताको सङ्घर्षबाट स्थापना भएको वर्तमान सरकारले सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्दै उनले सरकारले ऐतिहासिक काम गरेको बताइन् ।

मन्त्री अर्यालले सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल शुरु भएको भन्दै सरकार हटाउने खेल पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताइन् ।

तीन दिनसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः रु ६० हजार, ४० हजार, २० हजार र १० हजार र ट्रफी, मेडल र प्रमाणपत्र रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ०५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा