नवलपरासीमा शहीद फूलमायाको परिवारलाई भेटे विप्लवले « Khabarhub

नवलपरासीमा शहीद फूलमायाको परिवारलाई भेटे विप्लवले


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– जनयुद्धका क्रममा ज्यान गुमाएकी नवलपरासीकी प्रथम शहीद फूलमाया सारुकाे परिवारलाई आज बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट गरेका छन् ।

माओवादी विचारधाराका पार्टीहरुले फागुन १४ देखि २१ सम्म बलिदान सप्ताहका रुपमा मनाउँदै आएका छन् । बलिदान सप्ताहकाे अन्तिम दिन आज विप्लवले सारुकाे परिवारलाई भेट गरेकाे नेकपा विप्लवका देवचुली इन्चार्ज रबिले जानकारी दिए ।

विप्लवलाई शहीद फूलमायाको परिवारले रातो टीका लगाएर काठमाडौँ बिदाइ गरेका थिए । विप्लवले आजै हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।

फूलमायाको २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमा भएकाे माओवादी आक्रमणका क्रममा ज्यान गएकाे थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ०१ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी