आजदेखि खुल्यो रसुवागढी नाका « Khabarhub

आजदेखि खुल्यो रसुवागढी नाका


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ २९ गतेदेखि बन्द रहेको नेपाल–चीन व्यापारिक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ ।

ल्होसारका कारण बन्द भएको चीनसँग जोड्ने यो नाका आजबाट खुला गरिएको हो ।

रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीका अनुसार नेपाली व्यवसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै छन् । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए ।

भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँ पक्षले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए ।

यो वर्ष कोरोना भाइरस तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा पटकपटक अवरोध भइरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ३० बजे

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार