सिके राउत र विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु महत्वपूर्ण उपलब्धिः मन्त्री ज्ञवाली « Khabarhub

सिके राउत र विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु महत्वपूर्ण उपलब्धिः मन्त्री ज्ञवाली


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले नेत्रविक्रम चन्द विप्लवका असहमति जायज रहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत मन्त्री ज्ञवालीले लोकतन्त्रमा असहमति शान्तिपूर्ण दायराभित्र रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘जे-जति असहमति छन्, ती शान्तिपूर्ण दायराभित्रै छन्, लोकतन्त्रमा यो स्वाभाविकै हो । यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय प्रधानमन्त्रीज्यूलाई जान्छ । यसमा योगदान गर्नु हुने सबै धन्यवादका पात्र हुनुहुन्छ ।’

मन्त्री ज्ञवालीले सिके राउत र विप्लवलाई शान्तिपूर्ण राजनीतिक क्रियाकलापमा सहभागी गराउन सक्नु सरकारको ठूलो उपलब्धी भएको बताएका छन् ।

उनले भनेका छन्, ‘सिके राउत र विप्लवले हिंसात्मक बाटो छाडेर आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत हुनु समकालीन नेपाली राजनीतिका महत्वपूर्ण उपलब्धि हुन् ।’

मन्त्री ज्ञवालीले यससँगै नेपाली राजनीतिका सबै पक्ष राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आबद्ध भएको बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १२ : ५९ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन