माओवादी द्वन्द्वमा ‘अ कोल्ड हार्ट’ र ‘अ साइलेन्ट रिभेन्ज’ « Khabarhub

माओवादी द्वन्द्वमा ‘अ कोल्ड हार्ट’ र ‘अ साइलेन्ट रिभेन्ज’


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा आठ वर्ष काम गरेर हाल अमेरिका बस्दै आएका सिन सुमेश श्रेष्ठले निर्माण गरेको दुई सर्ट फिल्म ‘अ कोल्ड हार्ट’ र ‘अ साइलेन्ट रिभेन्ज’को काठमाडौंमा प्रिमियर गरिएको छ । दुवै फिल्ममा माओवादी द्वन्दकालका बेला देखेका र सुनेका कुरालाई श्रेष्ठले प्रस्तुत गरेका छन् ।

निर्देशक श्रेष्ठले द्वन्दकालको बेला आफु प्रहरीमा रहेको स्मरण गर्दै त्यो समयको अनुभव र सुनेका कुरालाई फिल्ममा प्रस्तुत गरिएको बताए । ‘फिल्म चाहिँ लकडाउनको अवधिमा नेपाल बसाईंको क्रममा पुरा गरें’, उनले भने ।

२० वर्ष अघि नेपाल टेलिभिजनको टेलिफिल्म ‘दुश्मन’मा अभिनय गरेका उनी प्रहरीको जागिर छोडी अध्ययनका लागि अमेरिका पुगेका थिए । उनले आगामी दिनमा नेपाली फिल्म तथा अमेरिकाबाट अंग्रेजी फिल्म बनाउने योजनासमेत रहेको सुनाए ।

‘अ साइलेन्ट रिभेन्ज’ मा प्रविन खतिवडा, सारा जे अधिकारी, रोय श्रेष्ठ, सबिर चुरौटे, सुभाष खड्का, प्रेम क्षेत्री, राजेश विश्वकर्मा, सीन सुमेश श्रेष्ठ र बाल कलाकार संगम राईको अभिनय रहेको छ ।

त्यस्तै ‘अ कोल्ड हार्ट’ मा प्रविन खतिवडा, पशुपति राई, सोनाम सिङ्ग लामा, सुभास खड्का, अमर क्षेत्री र प्रेम क्षेत्रीको अभिनय रहेको छ ।

दुवै फिल्ममा उनकै कथा, पटकथा, संवाद तथा निर्देशन छ । फिल्मको निर्माण एभरेस्ट थापा र श्रेष्ठले गरेका हुन् ।

फिल्ममा शरद महतोको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन, राजेन्द्र मोक्तानको कलर रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : ३० बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार