चन्द समूहका नेताकार्यकर्ता रिहाइ प्रक्रिया शुरू « Khabarhub

चन्द समूहका नेताकार्यकर्ता रिहाइ प्रक्रिया शुरू


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरू भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक प्रक्रिया पुर्‍याएर उनीहरुलाई छाड्न थालिएको हो । ‘अदालतमा पुर्पक्षमा पुगेकाका हकमा मन्त्रिपरिषद्कै निर्णय आउनुपर्ला, प्रशासन कार्यालयअन्तर्गत रहेकाका हकमा जिल्लाबाट र अनुसन्धानका क्रममा रहेकाका हकमा सरकारी वकिलको कार्यालयमार्फत आवश्यक प्रक्रिया पुर्‍याएर छाडिने छ’, केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भने ।

कति जनालाई आज रिहाइ गरियो भन्ने विवरण आइनसके पनि प्रक्रिया पुर्‍याएर रिहाइको क्रम भने शुरू भइसकेको जनाइएको छ । हप्ताअघि काठमाडौँमा पक्राउ परेका उक्त समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई समेत आज काभ्रेपलाञ्चोकबाट रिहाइ गरिसकिएको छ ।

प्रहरीका अनुसार हाल चन्द समूहका १४४ नेता–कार्यकर्ता पुर्पक्षका लागि कारागारमा छन् । उसका १८ कार्यकर्ता विरुद्ध अनुसन्धान चलिरहेको छ । विसं २०७५ फागुनपछि प्रहरीले दुई हजार ८२ जना पक्राउ गरेको थियो । उनीहरुविरुद्ध दुई हजार मुद्दा दर्ता भएको थियो । तीमध्ये ९० जना सोधपुछपछि छुटेका र करीब एक हजार ८४० मुद्दा दर्तापछि छुटेका थिए ।

सरकार र चन्द समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसअघि सरकार र नेकपाबीचको वार्तामा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो ।

सहमतिको विस्तृत विवरण आज अपराह्न विशेष समारोहबीच सार्वजनिक गरिँदै छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र समूहका महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १ : ३५ बजे

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट

काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते

निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा