कोभिडले राेकियाे नवाज र आलियाको डिभोर्स ! « Khabarhub

कोभिडले राेकियाे नवाज र आलियाको डिभोर्स !


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीको व्यक्तिगत जीवन एकपटक पुनः चर्चामा छ । गत वर्षको मेमा उनकी पत्नी आलियाले इमेल र ह्वाटसएपमा एक कानूनी पत्र पठाउदै नवाजुद्दीनलाई डिभोर्स मागेकी थिइन् ।

दुवैको विवाह ११ वर्ष अगाडि भएको थियो । उनीहरुका दुई सन्तान छन् । यो जोडीको बिग्रिएको सम्बन्धका बारेमा गत वर्ष विभिन्न समाचार आएका थिए ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार अहिले नवाजुद्दीनप्रति आलियाको मन फेरिएको छ । उनले नवाजका साथ आफ्नो सम्बन्धलाई अर्को मौका दिन चाहेको उल्लेख गरेकी छन् । ‘म नवाजका साथ बस्न चाहन्छु र उसँग डिभोर्स गर्दिन’, उनले भनेकी छन् ।

‘मलाई कोरोनाले आफ्नो चपेटामा पारिसकेको छ । म मुम्बईको आफ्नो घरमा आइसोलेट छु । यस्तो अवस्थामा दुई सन्तानको स्याहारसुसारमा समस्या आउन सक्छ । तर नवाजले मेरो साथ दिएका छन् । नवाज यो समयमा लखनऊमा कुनै फिल्मको सुटिङमा व्यस्त छिन् । तर यसका बाबजुद उनी छोरी शोरा र छोरा यानीको हेरचाहमा जुटेका छन्’, उनले भनेकी छन् ।

नवाज र आलियाको चिनजान सन् २००३ मा भएको थियो । त्यही समयदेखि उनीहरु लिभ इन रिलेसनमा रहे । त्यसको केही समयपछि उनीहरुले वैवाहिक जीवन शुरु गरे । तर विवाहपछिको खटपट बढेपछि गत वर्ष आलियाले डिभोर्सका लागि नवाजलाई पत्र पठाएकी थिइन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ३० बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका