दाहाल-नेपाल समूहका अध्यक्ष 'प्रचण्ड' बने संसदीय दलको नेता | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहका अध्यक्ष ‘प्रचण्ड’ बने संसदीय दलको नेता


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।

जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको हो ।

बैठक अघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो ।

आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको र नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाहाल–नेपाल समूहको दाबी छ ।

प्रतिनिधि सभा विघटन भएपछि विभाजित नेकपाको दाहाल–नेपाल पक्षले त्यसलगत्तै ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो।

‘यसअघि हामीले हटाउने निर्णय गरेका थियौं तर त्यतिबेला प्रतिनिधि सभा नरहेको हुँदा अहिले थप विधिवत रुपमा चयन प्रक्रिया सुरु गरेका हौं,’ सो दलका प्रमुख सचेतक देव गुरुङले भने ।

नेकपामा अध्यक्ष केपी ओली र दाहाल–नेपाल दुबै पक्षले आफूलाई आधिकारिक भएको दाबी गर्दै आएका छन् । प्रतिनिधि सभामा नेकपाका १७३ सांसद रहेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ३४ बजे

जेन-जी प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारी युवा र प्रहरीबीच नयाँबानेश्वरको निषेधित क्षेत्रमा घम्साघम्सी

पोखरामा पनि सडकमा उत्रिए जेन-जी (तस्बिरहरू)

काठमाडौँ- देशमा बढिरहेको भ्रष्टाचार र अनियमिताविरुद्ध काठमाडौँसहित देशका विभिन्न स्थानमा

जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा तीनजनाको मृत्यु, नौ जनामा डेङ्गी पुष्टि

नवलपरासी– जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीमा तीन जनाको मृत्यु

माइतीघरमा उर्लिए जेन-जी (तस्बिरहरू)

काठमाडौं– जेनजी पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु

चट्याङ लागेर महिलाको मृत्यु

सिरहा– सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।