प्रवक्ता शर्माको प्रश्न : विप्लवसँगको सहमतिमा हतियार बुझाउने चौथो बुँदा खोइ ?  « Khabarhub

प्रवक्ता शर्माको प्रश्न : विप्लवसँगको सहमतिमा हतियार बुझाउने चौथो बुँदा खोइ ? 


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहले राज्यलाई हतियार नबुझाएकोप्रति लक्षित गर्दै चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका छन् ।

सरकार र नेत्रविक्रम चन्द विप्लवबीच भएको सहमतिमा हतियार बुझाउने बुँदा उल्लेख नभएकोप्रति उनले प्रश्न गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सिंगो मुलुकले यसको जवाफ चाहेको बताएका छन् ।

आज सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमतिपछि  प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन्– ‘प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !!’

उनले सरकार र विप्लव समूहबीच भएको सहमतिलाई स्वागत भन्दै लेखेका छन्, ‘०२८ मा केपी-सीपी,०५२ मा प्रचण्ड-बाबुराम, अहिले विप्लव-प्रकाण्ड l `रेड बुक´, नाम र काम उस्तै,परिणाम उस्तै !’

उनले कम्युनिस्ट दर्शनका नाममा कोहि नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ६ : ०० बजे

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६