हेटौँडा– वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा औद्योगिक क्षेत्रमा रहेको नेपाल ब्रुअरी कम्पनी प्रालि (वियर उद्योग) हाताभित्र आगलागी भएको छ ।
उद्योग परिसरको पछाडिको खाली जग्गामा राखिएको गोदाममा शुक्रबार आगो लागेको हो ।
आगलागीबाट विभिन्न पुराना मालसमानमा आगलागीबाट क्षति भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए ।
आगलागीका नियन्त्रणका लागि दुई वटा दमकल प्रयोग गरिएको थियो । क्षतिको विवरण आउन बाँकी छ । आगलागीबाट ठूलो क्षति भएको जनाइएको छ ।
प्रतिक्रिया