उपाध्यक्ष गौतमलाई भेट्न प्रधानमन्त्री ओली पुगे भैंसेपाटी « Khabarhub

उपाध्यक्ष गौतमलाई भेट्न प्रधानमन्त्री ओली पुगे भैंसेपाटी


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली भैँसेपाटी पुगेका छन् ।

उपाध्यक्ष गौतमलाई भेट्न प्रधानमन्त्री ओली शुक्रबार साँझ गौतमको ललितपुरस्थि भैँसेपाटी निवासमा पुगेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सामान्य चोट लागेर घाइते भएका गौतमको स्वास्थ्यस्थिति बुझ्न उनी भैँसेपाटी पुगेका हुन् ।

‘उहाँलाई स्वास्थ्य लाभको कामना गर्न प्रधानमन्त्री भैँसीपाटी जानु भएको हो । अहिलेको अवस्थामा पक्कै पनि राजनीतिक विषयमा छलफल हुन्छ नै,’ थापाले भने ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षले दोस्रो पटक संसदीय दलको नेताबाट हटाए लगत्तै ओली गौतम निवास पुगेका हुन्। प्रधानमन्त्री ओली र नेता गौतमबीच समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको बुझिएको छ ।

नेकपा दुई समूहमा देखिएका समयमा उपाध्यक्ष गौतम पार्टी एकीकरणको पक्षमा छन् । पार्टी एकता अभियान चलाइरहेका गौतम र ओलीको भेटलाई महत्वका साथ हेरिएका छ ।

फागुन २३ गते संसद अधिवेशन बोलाइसकेको अवस्थामा नेकपाको ओली समूह र प्रचण्ड– माधव समूह आफ्नो पक्षमा सांसदको बहुमत पुर्‍याउन क्रियाशील छन् ।

यसअघि नेकपा विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा पनि ओली बामदेवलाई भेट्न उनको निवासमा पुगेका थिए । उक्त समयमा ओली डिनरका लागि भन्दै भैँसेपाटी पुगेका थिए।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : ५७ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?