उपाध्यक्ष गौतमलाई भेट्न प्रधानमन्त्री ओली पुगे भैंसेपाटी « Khabarhub

उपाध्यक्ष गौतमलाई भेट्न प्रधानमन्त्री ओली पुगे भैंसेपाटी


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली भैँसेपाटी पुगेका छन् ।

उपाध्यक्ष गौतमलाई भेट्न प्रधानमन्त्री ओली शुक्रबार साँझ गौतमको ललितपुरस्थि भैँसेपाटी निवासमा पुगेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सामान्य चोट लागेर घाइते भएका गौतमको स्वास्थ्यस्थिति बुझ्न उनी भैँसेपाटी पुगेका हुन् ।

‘उहाँलाई स्वास्थ्य लाभको कामना गर्न प्रधानमन्त्री भैँसीपाटी जानु भएको हो । अहिलेको अवस्थामा पक्कै पनि राजनीतिक विषयमा छलफल हुन्छ नै,’ थापाले भने ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षले दोस्रो पटक संसदीय दलको नेताबाट हटाए लगत्तै ओली गौतम निवास पुगेका हुन्। प्रधानमन्त्री ओली र नेता गौतमबीच समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको बुझिएको छ ।

नेकपा दुई समूहमा देखिएका समयमा उपाध्यक्ष गौतम पार्टी एकीकरणको पक्षमा छन् । पार्टी एकता अभियान चलाइरहेका गौतम र ओलीको भेटलाई महत्वका साथ हेरिएका छ ।

फागुन २३ गते संसद अधिवेशन बोलाइसकेको अवस्थामा नेकपाको ओली समूह र प्रचण्ड– माधव समूह आफ्नो पक्षमा सांसदको बहुमत पुर्‍याउन क्रियाशील छन् ।

यसअघि नेकपा विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा पनि ओली बामदेवलाई भेट्न उनको निवासमा पुगेका थिए । उक्त समयमा ओली डिनरका लागि भन्दै भैँसेपाटी पुगेका थिए।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : ५७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी