यही सरकारले जनताका अधुरो सपना पूरा गर्छ : मन्त्री गुरुङ « Khabarhub

यही सरकारले जनताका अधुरो सपना पूरा गर्छ : मन्त्री गुरुङ


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै जनताका अधुरो सपना पूरा गर्ने बताएका छन् ।

दोलखाली दिदीबहिनी समूह (द्वाल्खा मिसामचा खलः) ले आयोजना गरेको कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले यही सरकार नै देशको आर्थिक उन्नति र विकास गर्न सक्षम भएको बताएका हुन् ।

सरकारका प्रवक्ता गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सहमति सकारात्मक रहेको भन्दै देशमा अब शान्ति कायम भएको बताए ।

सो संस्थाका अध्यक्ष कलावती श्रेष्ठले विश्वभरी फैलिएको कोरोना महामारीको समयमा आफ्नो संस्थाले १३३ परिवारलाई खाद्य सामग्री सहयोग गरेको र आगामी दिनमा पनि यस्तै सहयोगी कामलाई निरन्तरता दिने बताइन् ।

चौध वर्षअघि स्थापना भएको सो संस्थाले विभिन्न कारण पीडामा परेकालाई सहयोग र साथ दिँदै आएको छ । हालसम्म संस्थाले एक सयभन्दा बढी पीडामा परेकालाई उद्धार गरी सम्बन्धित संस्थामा बुझाएको र हाल तीन जना ज्येष्ठ नागरिकलाई संस्थाले संरक्षण गरिरहेको छ ।

कार्यक्रममा दोलखामा जन्मिएर विभिन्न स्थानमा कर्मथलो बनाएका करिब दुई दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो । संस्थाको वसुन्धरास्थित कार्यालयको उद्घाटन भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : १९ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,