काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा वर्षा « Khabarhub

काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा वर्षा


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रि–मनसुन सुरू भएसँगै काठमाडौँ उपत्यकालगायत देशका पहाडी भू–भागमा सामान्य वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले पोखराको आकाशमा उत्पन्न भएको न्यून चापिय प्रणालीका कारण वर्षा भएको हो ।

मार्च महिनादेखि नेपालमा प्रि–मनसुन सुरू भएकाले शुक्रबार साँझ भएको वर्षा त्यसैको प्रभाव रहेको मौसमविद प्रतिमा मानन्धरले जानकारी दिइन् ।

आज राती देशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा वर्षा/ हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आगामी तीन दिनसम्म पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : २४ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)