स्मृतिमा रवीन्द्र अधिकारी « Khabarhub

स्मृतिमा रवीन्द्र अधिकारी


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको जीवनवृतान्त समेटिएको पुस्तक ‘स्मृतिमा रवीन्द्र अधिकारी’को लोकार्पण गरिएको छ।

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उक्त स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सो प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले संयुक्त रूपमा सार्वजनिक गरिएको उक्त पुस्तकमा स्व. अधिकारीका बहुआयामिक योगदानका विषयमा १२२ लेखकका लेख समेटिएका छन्।

प्रतिष्ठानका सल्लाहकार प्रा.डा. हेमनाथ पौडेलले अधिकारीको दोस्रो स्मृति दिवसका सन्दर्भमा पारेर सार्वजनिक गरिएका पुस्तकमा अधिकारीले जीवनकालमा गरेका गतिविधि र उनका योगदानका विषय समावेश गरिएको जानकारी दिए।

उनका अनुसार पुस्तकका शुरुवाती खण्डमा अधिकारीको जीवन वृत्तान्त र अर्का भागमा ३१ राजनीतिज्ञका संस्मरणात्मक लेख समावेश गरिएको छ। अधिकारीले प्राज्ञिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको विषयमा ७६ लेखकका लेख पनि उक्त पुस्तकमा राखिएको छ। अन्य २१ लेखकले पारिवारिक संस्मरण लेखेका छन् भने अधिकारीले राजनीतिक जीवनमा दिनुभएको अन्तरवार्ता तथा मन्तव्यलाई पनि पुस्तमा समावेश छ।

यस्तै वैचारिक विषय, हस्तलिखित सामग्री, शोक पुस्तिकाका अंश, श्रद्धाञ्जलि र समवेदनामा विशिष्ट व्यक्तिबाट व्यक्त अभिव्यक्ति र उनी सहभागी भएका महत्त्वपूर्ण कार्यक्रमका तस्बिर पनि पुस्तकका सामग्री रहेको प्रा.डा. पौडेलले जानकारी दिए।

प्रतिष्ठानका अर्का सल्लाहकार भरतराज पहारीले अधिकारी स्कुल पढ्दादेखि नै सामाजिक क्षेत्रमा लागेकाले पनि छोटो समयमै लोकप्रिय नेता बन्न सफल भएको बताए।

उनका सहकर्मी तथा सँगैका विद्यार्थी नेता लेखनाथ न्यौपानेले विद्यार्थी आन्दोलन र यातायातमा विद्यार्थी सहुलियत लागू गराउने सन्दर्भमा अधिकारीको योगदान भुल्न नहुनेमा बताए। अर्थविज्ञ डा. सुर्यराज आचार्यले आर्थिक सामाजिक रूपान्तरणमा राजनीतिलाई अर्थतन्त्रसँग जोड्नुपर्छ भन्ने कमै नेतामध्ये स्व. अधिकारी रहेको बताए।

सांसद विन्दा पाण्डेले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि धैर्य गर्न सक्ने असल नेताको रुममा अधिकारीलाई चिनेको बताए।

मौसममा आएको खराबीका कारण दुई वर्षअघि फागुन १५ गते ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएको थियो। रासस

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना