पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्छ : वरिष्ठ नेता पौडेल « Khabarhub

पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्छ : वरिष्ठ नेता पौडेल


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्ने बताएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित सेरावेशीमा निर्मित स्व.सञ्जय खनाल स्मृति प्रतिक्षालय तथा खानेपानी धारा उद्घाटन कार्यक्रममा उनले हिजोका सबै आशक्ति त्यागेर पुनःएक पटक लोकतन्त्रलाई बचाउनुपर्ने बेला आएको बताए ।

राष्ट्रिय सङ्कटको यस घडीमा पार्टीभित्रको एकता पनि आवश्यक भएको बताउँदै उनले भने, “न्याय, निष्पक्षता, पारदर्शी मूल्याङ्कनका आधारमा एकता कायम हुन्छ, एजेन्डा, मिसनमा एकताका साथै समाजवादको एजेन्डामा एकता हुनुपर्छ ।”

कांग्रेसले २००७ सालदेखि अहिलेसम्म निरन्तर जनताको अधिकार, लोकतन्त्र र सार्वभौमिक राष्ट्र बनाउनका लागि संकल्प लिएर बढेको बताउँदै उनले यसबीचमा धेरै किसिमका मार खप्दै कांग्रेस क्रियाशील भएको उल्लेख गरे ।

आँफैभित्र पनि बेलाबेलामा कांग्रेस विकृतिको, भ्रष्टाचारको सिकार बनेको उल्लेख गर्दै उनले त्यसबाट पार्टीलाई जोगाएर लोकतन्त्रको बाटोबाटै देशलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । राजनीतिले जनतालाई सुविधा दिनुपर्ने बताउँदै उनले यो घिनलाग्दो खेलका लागि हुन नहुने स्पष्ट पारे ।

पूर्वमन्त्री यज्ञबहादुर थापाले प्रतिक्षालय एवम् खानेपानीको धारा स्थापना गरी स्व सञ्जय खनालका परिवारजनले पीडामा पनि समाजका प्रति योगदान गरेको बताए । सेरावेशी स्थायी बसोवास भएका स्व.सञ्जयको गत वर्ष कात्तिक ६ गते अन्नपूर्ण आधार शिविर जाने क्रममा हिउँ पहिरोमा परी निधन भएपछि उनका परिवारजनले स्मृतिमा प्रतिक्षालय एवम् खानेपानीको धारा जडान गरिदिएका हुन् ।

लालध्वज मार्गमा पर्ने उक्त प्रतिक्षालय एवम् धारा निर्माणमा लगभग आठ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । प्रतिक्षालय एवम् धारा आजै सेरावेसी टोल विकास संस्थालाई हस्तान्तरण गरिएका छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : ५२ बजे

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह : चिनसँग नियमित अनुगमन

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६