अर्थमन्त्रीको कार्यक्रममा स्थानीयले गरे मञ्च तोडफोड « Khabarhub

अर्थमन्त्रीको कार्यक्रममा स्थानीयले गरे मञ्च तोडफोड


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर शिलान्यासको कार्यक्रम स्थानीयवासीले बिथोलेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले मञ्चमा बोल्दै गर्दा स्थानीयवासीले मञ्च तोडफोड गरेपछि कार्यक्रम बिथोलिएको हो। यसअघि पनि स्थानीयवासीले विरोध जनाएपछि शिलान्यास कार्यक्रम आजका लागि सारिएको थियो ।

स्थानीयवासीको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै विरोध जनाउँदै आएका छन् ।

स्थानीयवासीले मञ्चमै तोडफोड गरेपछि मन्त्री बोल्दाबोल्दै बीचैमा छाडेर हिँडेका थिए । स्थानीयवासीले मञ्चतर्फ ढुंगा हान्न थालेपछि मञ्च तर्फबाट पनि पनि प्रतिकार भएको थियो ।

घटनाबारे अर्थमन्त्री पौडेलले विकासका सन्दर्भमा जनतालाई भ्रम सिर्जना गरी उक्साउने काम गरिएको भए पनि जनताले ती भ्रमलाई विस्तारै बुझेर विकासको अभियानलाई सफल बनाउने बताए ।

भ्रम सिर्जना गरेर औद्योगिक विकासको महाअभियानलाई पर्दा भित्रबाट केही मानिसलाई उक्साउने काम गरिएको भए पनि आयोजनाको काम आजबाट औपचारीक रुपमा प्रारम्भ भएको उनले बताए ।

उनले औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढ्ने र यसमा स्वदेशी लगानीकर्ताको प्रोत्साहन र विदेशी लगानीकर्तालाई सबै प्रकारका सुरक्षाको सुनिश्चितता गरेर लगानी भित्र्याउने बताए ।

उनले भने “आज शिलान्यास सम्पन्न भयो । एक महिनापछि हेर्नुस्, कति काम हुन्छ, पत्रकारहरुले समाचार रिपोर्टिङ गर्नुस् ।”

अर्थमन्त्री पौडेलले मोतिपुर औद्योगिक क्षेत्रले ओगटेका जग्गा सरकारले कुनै व्यक्ति विशेषको नभएर सरकारी जग्गा कानूनसम्मत ढङ्गले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा आएको बताउँदै विकासविरोधीले नागरिकमा विस्थापित गराउने भन्दै भ्रम सिर्जना गरेको बताए ।

उनले यही सरकारले सबै खाले भूमिहीनलाई जग्गा उपलब्ध गराएर सधैँका लागि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीका समस्या समाधान गर्न लागेको बताए । उनले भने, “रुपन्देहीमा सबैभन्दा पहिले मोतिपुर औद्योगिक क्षेत्रका जनतालाई पुर्जा वितरण गर्न आयोगलाई आग्रह गर्छु ।”

उनले औद्योगिक क्षेत्रको पूर्वाधारको काम आगामी दुई वर्षभित्र सम्पन्न हुने उद्योग स्थापनाका लागि आह्वान गरिने र पाँच वर्षमा अत्याधुनिक औद्योगिक पार्कको रुपमा स्थापना हुने बताउँदै उद्योगमा लगानी गर्न चाहनेका लागि राज्यले सुरक्षा तथा स्थानीय जनताले साथ र सहयोग दिने बताए ।

औद्योगिक क्षेत्रको शिलान्यासपछि मञ्चमा कार्यक्रम भइरहँदा स्थानीयले माइकको लाइन काटिदिएका थिए । उनीहरुले मञ्चमा ढुङ्गामुढासमेत गरेका थिए ।

उनले औद्योगिक क्षेत्रको निर्माणका लागि सरकारले विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न गरिसकेकाले यसका लागि रु १२ अर्ब बजेट अनुमान गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : १७ बजे

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट

काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते

निर्वाचनसम्बन्धी प्रतिवेदन आयोगसमक्ष प्रस्तुत

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा