विद्रोही पक्षले शान्ति प्रक्रियामा आएको विश्वास दिलाउन हतियार बुझाउनुपर्छ : अध्यक्ष थापा « Khabarhub

विद्रोही पक्षले शान्ति प्रक्रियामा आएको विश्वास दिलाउन हतियार बुझाउनुपर्छ : अध्यक्ष थापा


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको बताएका छन् ।

उनले विद्रोही पक्षले शान्तिप्रक्रियामा आएको विश्वास दिलाउन आफूसँग भएका हातहतियार राज्यलाई बुझाउनु पर्ने पनि बताए ।

‘शान्तिपूर्ण राजनीतिमा आए भन्दैमा हुँदैन, प्रतिबन्धित भएकाले हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आएको विश्वास दिलाउन सक्नुपर्छ’, अध्यक्ष थापाले भने ।

बुटवलमा आजदेखि शुरु भएको सा पार्टी निकट पत्रकारको संगठन मिडिया नेपालको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

राप्रपाका नेता तथा पूर्वमन्त्री दिपक बोहोराले मिडिया खेमाबन्दीमा परेकाले सत्यतथ्य र निष्पक्ष समाचारले ठाउँ नपाएको बताए । मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष भरत केसी, संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईलगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै