मोतिपुर घटनाबारे नेता भुसालले भने : स्थानीयको प्रतिरोधमा समर्थन « Khabarhub

मोतिपुर घटनाबारे नेता भुसालले भने : स्थानीयको प्रतिरोधमा समर्थन


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोर शिलान्यास कार्यक्रममा स्थानीयले गरेको प्रतिरोधलाई नेता घनश्याम भुसालले आफ्नो समर्थन रहेको जनाएका छन्।

नेता भुसालले शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै मोतिपुर औद्योगिक कोरिडोर शिलान्यासका लागि पुगेका अर्थमन्त्री बिष्णु पौडेललेको कार्यक्रममा स्थानीयले गरेको विरोधप्रति आफ्नो समर्थन रहेको जनाएका हुन् ।

उनले त्यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले आफूले स्थानीय वासिन्दाको हकअधिकारको पक्षमा आवाज उठाउँदै र सम्बन्धित सरोकारवालासँग छलफल गर्दै आएको बताएका छन्।

नेता भुसालले भनेका छन्, ‘औद्योगिक कोरिडोर बन्ने हल्ला चलाएर जग्गा दलालीको लागि वातावरण बनाउने बाहेक तथाकथित शिलान्यासको कुनै अर्थ छैन, जनतालाई दुख दिएर अरु कुनै नाजायज फाइदा लिने उनीहरुको चाहनालाई पूरा हुन दिइने छैन।’

आफूहरुको जग्गामा बलजफ्ती औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको भन्दै स्थानीयहरुले सो कार्यक्रम बिथोलेका थिए। कार्यक्रमस्थलमा ढुंगामुढा समेत भएपछि अर्थमन्त्री पौडेलले कार्यक्रम बीचैमा छाडेर बाहिरिएका थिए।

भुसालद्वारा जारी वक्तव्य

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १० : ०५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)