भारतमा दैनिक संक्रमण वृद्धिमा रेकर्ड, थप १ लाख ३ हजार संक्रमित « Khabarhub

भारतमा दैनिक संक्रमण वृद्धिमा रेकर्ड, थप १ लाख ३ हजार संक्रमित


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ-  भारतमा थप ‍१ लाख ३ हजार ७९३जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि (शनिबार) चैत्र २२ मा भारतमा यो वर्षको दोस्रो धेरै ९२ हजार ९९८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २५ लाख ८७ हजार ९२० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १६ लाख ७९ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ४२ हजार ८३० छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ४७७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : ३५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार