ला लिगा फुटबल :  शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित « Khabarhub

ला लिगा फुटबल :  शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित भएको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभिल्लाले पाहुना टोली एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो ।

सेभिल्लाको जितमा डिफेन्डर मार्कोस एकुनाले ७०औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पराजित भएसँगै शीर्ष स्थानको एथ्लेटिको मड्रिडको दोस्रो र तेस्रो स्थानमा रहेका रियल मड्रिड र बार्सिलोनासँगको अंक दूरी कम भएको छ ।

एथ्लेटिकोको २९ खेलबाट ६६ छ । दोस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ ।

जितसँगै सेभिल्ला २९ खेलमा ५८ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ७ : ०५ बजे

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले