आगलागी हुँदा पन्ध्र लाखको क्षति « Khabarhub

आगलागी हुँदा पन्ध्र लाखको क्षति


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई १५ लाख रूपैयाँभन्दा बढीको नोक्सानी भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ दुवै जलेर नष्ट भएको छ ।

घरगोठ दुवै नष्ट हुँदा घरमा रहेका लत्ताकपडा अन्नपात, नगद रु २५ हजारसमेत जलेर १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले बताए ।

आइतबार बेलुकी तामाङको घरगोठमा आगलागी भएपछि प्रहरीचौकी ताप्ली रुपाटरका प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : २० बजे

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने