संक्रमण बढेपछि भारतको महाराष्ट्रमा लकडाउन र कर्फ्यू « Khabarhub

संक्रमण बढेपछि भारतको महाराष्ट्रमा लकडाउन र कर्फ्यू


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा लकडाउनसँगै कर्फ्यू पनि लगाइएको छ ।

संक्रमण तीव्र गतिमा फैलिएपछि आजदेखि त्यहाँ कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको हो ।

पुणे शहरमा कर्फ्यु लागु गरिसकिएको छ । त्यहाँ एक हप्ताका लागि धार्मिक स्थल, होटल, बार, सपिङ मल र सिनेमा हल बन्द गरिएका छन् ।

महाराष्ट्रमा स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यू लागु हुनेछ।

पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान दिन सक्ने वा घर-घरमा खाना पुर्‍याउन भने अनुमति दिइएको छ ।

सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन भनिएको छ । सकेसम्म घरबाटै काम गराउन भनिएको छ । यी प्रावधान एप्रिल ३० तारिखसम्म लागु हुने अधिकारीहरूले जनाएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३ हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । यो संख्या गत सेप्टेम्बर महिनायताको सर्वाधिक सङ्ख्या हो। थपिएका नयाँ संक्रमितको आधा भन्दा बढी महाराष्ट्र राज्यका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्क्रमण फैलिनुको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ जान भनेका छन्।

कोभिड-१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : ३५ बजे

तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

तराईसहित विभिन्न स्थानमा वर्षा : उखरमाउलो गर्मीमा राहत

काठमाडौं – पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा

कालिगण्डकीमा खसेर बालक बेपत्ता

म्याग्दी – म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

सात हजार ४६२ बालबालिका सरकारको संरक्षणमा

काठमाडाैं – चालु आर्थिक वर्षमा बालबालिका विरुद्धको हिंसा तथा जोखिममा

अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले