संक्रमण बढेपछि भारतको महाराष्ट्रमा लकडाउन र कर्फ्यू « Khabarhub

संक्रमण बढेपछि भारतको महाराष्ट्रमा लकडाउन र कर्फ्यू


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएसँगै भारतको महाराष्ट्र राज्यमा लकडाउनसँगै कर्फ्यू पनि लगाइएको छ ।

संक्रमण तीव्र गतिमा फैलिएपछि आजदेखि त्यहाँ कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको हो ।

पुणे शहरमा कर्फ्यु लागु गरिसकिएको छ । त्यहाँ एक हप्ताका लागि धार्मिक स्थल, होटल, बार, सपिङ मल र सिनेमा हल बन्द गरिएका छन् ।

महाराष्ट्रमा स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यू लागु हुनेछ।

पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान दिन सक्ने वा घर-घरमा खाना पुर्‍याउन भने अनुमति दिइएको छ ।

सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन भनिएको छ । सकेसम्म घरबाटै काम गराउन भनिएको छ । यी प्रावधान एप्रिल ३० तारिखसम्म लागु हुने अधिकारीहरूले जनाएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३ हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । यो संख्या गत सेप्टेम्बर महिनायताको सर्वाधिक सङ्ख्या हो। थपिएका नयाँ संक्रमितको आधा भन्दा बढी महाराष्ट्र राज्यका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्क्रमण फैलिनुको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ जान भनेका छन्।

कोभिड-१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ८ : ३५ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार