बोरिङ जडान थालिएपछि मुहारमा चमक | Khabarhub Khabarhub

बोरिङ जडान थालिएपछि मुहारमा चमक


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी–आफ्ना खेत गर्‍हा सिचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ । जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो ।

वडा नं ६ मा अहिले एकसाथ १० वटा यस्ता बोरिङ जडानको काम थालिएको छ । ‘पानीबेगर खेती जाँगर मरेका बेला बोरिङ जडानको काम थालिएको छ’, किसान शंकर साहले हँसिलो मुद्रामा भने, ‘अब बल्ल हामी किसानका लागि केही हुँदैछ भन्ने आश जागेको छ ।’ यहाँ जडान थालिएका १० वटा बोरिङले ५० बिघा खेतमा सिँचाइ सुविधा पुर्‍याउने भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

शंकरजस्तै यहीकै अर्का किसान रामसेवक साह पनि अब बोरिङ जडान भएपछि समयमा बाली लगाउन पाइने आशमा छन् । ‘हेर्नोस् न, भन्याबेला पानी हुँदैन, आकासे पानीको भरले कहिल्यै समयमा बाली लगाउन पाइएको छैन’, रामसेवकले भने, ‘खै अब चै काम थाल्या छन्, केही हुन्छ भन्ने विश्वास बढेको छ ।’
भारतसँग सीमा जोडिएको उक्त नगरपालिकाका मटिहानी, ढेकाहा, वर्दाहा, आवर, धिरापुर र सिमरदही तरकारी उत्पादनका उर्बर ठाउँ मानिन्छन् तर, खेतीका लागि मुख्य कुरा सिँचाइ नै नहुँदा अपेक्षित उत्पादन लिन नसकेको किसानको गुनासो रहँदै आएको छ ।

मटिहानीमा बोरिङ जडानको काम प्रदेश नं २ सरकारको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत थालिएको र यसले अब निरन्तरता पाउने नगरप्रमुख हरिप्रसाद मण्डल बताउछन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले किसानको खेतका गर्‍हा गर्‍हामा पानी पुर्‍याउने नीति अघि बढाएसँगै स्थानीय पहलकदमी पनि बढेको हुँदा सिँचाइसम्बन्धी कार्यक्रम विस्तार हुँदै जाने नगरप्रमुख मण्डलको भनाइ छ ।

अहिले बोरिङ जडान थालिएको क्षेत्रमा १०० भन्दा बढी किसानले सिँचाइ सुविधा पाउने भएका छन् । दुई–चार कट्ठा जग्गामा भएका गरिब किसानले अब सिँचाइ सुविधा पुगेपछि तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन सक्ने र जीवनमा सुधार आउने मण्डलको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ११ : ३५ बजे

कान्तिलोकपथ सडक अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक शुक्रबार रातिदेखि अबरुद्ध भएको छ

म्याग्दीको रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु

भक्तपुरमा बुद्धिचाल प्रतियोगिता, ८ देखि ६८ वर्षका व्यक्ति प्रतिस्पर्धामा

भक्तपुर– भक्तपुरमा सुरु भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड

वर्ल्ड कप क्रिकेट लिग-२ : क्यानडाविरुद्ध ओमानको जित

काठमाडौं – क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत शुक्रबार राति भएको

आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल