काभ्रेका तीन ठाउँमा आरोग्य केन्द्र स्थापना « Khabarhub

काभ्रेका तीन ठाउँमा आरोग्य केन्द्र स्थापना


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक–‘निरोगी नेपाल’ निर्माणको नीतिअन्तर्गत यहाँ दुई नगरपालिका र एक गाउँपालिकाका तीन स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ ।

पनौती र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिकामा उक्त केन्द्र स्थापना गरिएको हो । प्रकृतिमैत्री स्वच्छ जीवन प्रणाली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहका सबै स्वास्थ्य संस्थामा नागरिक आरोग्य केन्द्र स्थापना गर्ने उल्लेख छ ।

नमूना कार्यक्रमका रुपमा पहिलो चरणमा मुलुकका २१८ स्थानीय तहमा सेवा केन्द्र स्थापना गर्ने निर्णयअन्तर्गत यहाँका तीन स्थानीय तह रहेका थिए ।

केन्द्रबाट सामान्य बिरामीको उपचारका साथै योग–अभ्यास गराउने, व्यायाम तथा जडीबुटीको प्रयोगबारे स्थानीयस्तरमा जनचेतना फैलाउने काम केन्द्रले गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा मनोजकुमार चौधरीले बताए । उनका अनुसार केन्द्रबाट नेपाल सरकारले २२ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिनेछ ।

भुम्लुमा केही दिनअघि मात्र स्थापित केन्द्रमा स्थानीयको आकर्षण बढेको पाइएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए । ‘अब अपुग औषधिको व्यवस्थापन गरी केन्द्रको सेवाबारे प्रचारप्रसारमा जुट्नेछौँ”, उनले भने । केन्द्रद्वारा सुत्केरी महिलाका लागि शक्तिवद्र्धक कुरिलोको पाउडर र बालबालिकाका लागि बालामृतसमेत प्रदान गरिने जनाइएको छ ।

सेवा केन्द्र स्थापनाका लागि स्थानीय तहले नै पूर्वाधारको व्यवस्था गर्नुपर्ने निर्देशिकामा छ । सरकारको सेवा केन्द्रसम्बन्धी निर्देशिका–२०७७ मा स्थानीय नागरिकलाई परम्परागत ज्ञान, सीप र मौलिक सम्पदाको संरक्षण गर्दै योग, ध्यान, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिबाट सर्ने तथा नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि नागरिक आरोग्य सेवा केन्द्रले प्रमुख भूमिका खेल्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १२ : २० बजे

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग