‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा रिस्मा « Khabarhub

‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा रिस्मा


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –फिल्म ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ । प्रेमकथात्मक फिल्ममा अर्विन्द राज गुरुङको निर्देशन छ ।

फिल्मको सुटिङ नेपालसँगै भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ ।

अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिस्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ ।

नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आफ्नो गायकी कला देखाइसकेकी यान्की योल्मोको पनि फिल्ममा स्वरसँगै अभिनय रहनेछ ।

फिल्ममा निरेम प्रोडक्सन कुवेत र सुप्रिया तामाङको सहयोग छ । फिल्ममा चञ्चल थापाको छायांकन, रेनिस फागोको कलर ग्रेडिङ रहनेछ ।

विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म ‘कबड्डी’मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले फिल्मको कथा मनपरेकोले आफूले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा अभिनय गरेको खुलाइन् ।

उनले आफूलाई धेरै फिल्मको स्क्रिप्ट र अफर आए पनि ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को स्क्रिप्ट तथा आफ्नो चरित्र मनपरेकोले फिल्म खेल्न राजी भएको बताइन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १ : ४५ बजे

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि