‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा रिस्मा « Khabarhub

‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा रिस्मा


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –फिल्म ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ । प्रेमकथात्मक फिल्ममा अर्विन्द राज गुरुङको निर्देशन छ ।

फिल्मको सुटिङ नेपालसँगै भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ ।

अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिस्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ ।

नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आफ्नो गायकी कला देखाइसकेकी यान्की योल्मोको पनि फिल्ममा स्वरसँगै अभिनय रहनेछ ।

फिल्ममा निरेम प्रोडक्सन कुवेत र सुप्रिया तामाङको सहयोग छ । फिल्ममा चञ्चल थापाको छायांकन, रेनिस फागोको कलर ग्रेडिङ रहनेछ ।

विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म ‘कबड्डी’मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले फिल्मको कथा मनपरेकोले आफूले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा अभिनय गरेको खुलाइन् ।

उनले आफूलाई धेरै फिल्मको स्क्रिप्ट र अफर आए पनि ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को स्क्रिप्ट तथा आफ्नो चरित्र मनपरेकोले फिल्म खेल्न राजी भएको बताइन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  १ : ४५ बजे

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका